प्रधानमन्त्रीले पहिल्यै बोलेपछि मैले के बोल्ने?

0

संसदमा गरेको अवरोध बारे बोले देउवा

काठमाडौँ – संसदमा आफूले पहिले बोल्न पाउनु पर्ने माग गर्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनबाट रोकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले आफूहरुले जायज माग राखेर संसदमा विरोध जनाएको स्पष्टिकरण दिएका छन्।

सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न नदिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्ने अनुमति दिएपछि आफूहरुले संसदीय मर्यादा कायम राख्न माग गर्दै विरोध जनाएको सभापति देउवाले बताए।

उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिनु पर्ने भन्दै उनले अन्तर्राष्ट्रिय अभ्यासलाई आफूहरुले पछ्याउन खोजेको बताए ।

उनले भने, ‘संसदमा प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो । उहाँले पहिले बोलिसकेपछि के बोल्ने मैले ?’ उनले भने, ‘बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । सुरुमा कहाँ बोल्छन् ?’

Leave A Reply

Your email address will not be published.