कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

0

एजेन्सी, मोगादिसु – कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।”
प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो विस्फोटनमा आक्रमणकारीको पनि मृत्यु भएको छ ।

घटनामा परी घाइते भएका एक जना घाइतेलाई सुरक्षाकर्मीले पक्राउ पनि गरेका छन् । लडाकूहरुले विस्फोटन गराएपछि राजधानी जाने मुख्य बाटो बन्द भएको थियो । अलकायदा सम्बद्ध अल शबाब नामक समूहले घटनाको जिम्मेबारी लिएको छ ।

Leave A Reply

Your email address will not be published.