पाद्नुका सात फाइदाहरु

0


एजेन्सी – पाद्नु भन्ने शब्द सुन्दा कताकता लाज लागे पनि यो संसारमा सबैले पाद्छन् नै । तैपनि सार्वजनिक स्थलमा पाद्नु असभ्यताकै  प्रतीक मानिन्छ । यद्यपि पाद्नुका थुप्रै आश्चर्यजनक फाइदा हुन्छन् ।

१. पाद्नु ठूलो आन्द्राका लागि धेरै राम्रो हो: पाद नरोक्नु भन्छन् । पाद रोक्दा ठूलो आन्द्रालाई  हानि पुग्छ ।

२. पादले ग्यास घटाउँछ: पादेपछि शरीरभित्र जम्मा भएको विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्छ ।

३. यो  रोगको लक्षण हो: पादको गन्ध, प्रकार र आवाजले चिकित्सकहरुले यो सामान्य हो वा ठूलै रोगको लक्षण भनेर थाहा पाउँछन् । धेरै पाद आउनुले गम्भीर शारीरिक रोग, यति सम्मकि कहिलेकाहिँ ठूलो आन्द्राको क्यान्सरलाई पनि संकेत गर्छ ।

४. गन्धले फाइदा गर्छ: अनुसन्धानहरुका अनुसार पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ । कोषको क्षय रोकेर कहिलेकाहिँ हृदयरोगजस्तो जटिल रोगबाट पनि पादले बचाउँछ ।

५.  स्वस्थ्य ब्याक्टेरियाको प्रमाण: पेटमा स्वस्थ्य ब्याक्टेरिया भएको प्रमाण हो पाद ।

६. सन्तुलित भोजनको आवश्यकता बोध: पादकै कारण कुन खानाले पाद बन्दोरहेछ र कुन खानाले पाद बन्दोरहेनछ भन्ने थाहा पाउँछ। यसले सन्तुलित भोजन छनोट गर्न सजिलो हुन्छ ।

७. एकदमै आनन्द आउँछ: पाद्नुको आनन्द पादिसकेपछि नै थाहा हुन्छ । कसैले सुन्यो वा देख्यो कि भन्ने चिन्ता भएपछि पादेपछिको आनन्दका अगाडि यी सबै गौण लाग्छन् ।

Leave A Reply

Your email address will not be published.