धरानको डेंगु मोरङमा फैलिने डर

0

नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

सुनसरी – धरानमा देखिएको डेंगुको संक्रमण मोरङमा पनि देखिन थालेको भन्दै प्रदेश सांसदहरुले चासो प्रकट गरेका छन् । धरान उपमहानगरपालिका– १५ मा गत बैसाख ३१ गते देखिएको डेंगु सुनसरीका इटहरी, रामधुनीस“गै मोरङमा पनि देखा परेको प्रदेश १ को संसदीय समितिले दाबी गरेको छ ।

सुनसरीमा तीन सातायता फैलिएको डेंगुको प्रकोप अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्रमितको संख्या १८५ पुगेको छ । दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएपछि प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको छ ।

डेंगु प्रभावित क्षेत्रको अनुगमनपछि फर्किएपछि समितिले सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको हो ।

डेंगुको संक्रमण इटहरी, रामधुनीस“गै मोरङको सुन्दरहरंैचा नगरपालिकामा पनि देखिएको अनुगमनमा गएका सांसदहरुको दाबी छ ।

धरानमा मात्रै १८५ जनामा डेंगुको संक्रमण देखिएको छ भने इटहरीमा २, रामधनुीमा २ र मोरङको सुन्दरहरैचामा १ जनामा संक्रमण देखिएको समितिको रिपोर्टमा उल्लेख छ ।

संक्रमण फैलँदै गएपछि नियन्त्रण, रोकथाम र सर्तकताका लागि कदम चाल्न निर्देशन दिएको सामाजिक विकास समितिकी सभापति सरिता थापाले चारदिशालाई जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.