मन्त्रीको अनुपस्थितिमा राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन

0

काठमाडौं – राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन सकिएको छ ।

समितिको शुक्रबार बसेको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित रहेपछि बैठक स्थगित भएको हो ।

मन्त्रीको अनुपस्थितिमा समितिका सांसदहरुले आपत्ति जनाएका छन् । बैठकमा लोकसेवाको विज्ञापनपछि उब्जिएको तनावीय अवस्थाको बारेमा छलफल गर्नका लगि मन्त्रीलगायत मन्त्रालयका सविचलाई समेत बोलाईएको थियो ।

समितिका सदस्य राजेन्द्र महतोले मन्त्रीको अनुपस्थितिमा बैठक बस्न नसकिएको बताएसँगैं बैठक बिना निस्कर्ष टुंगिएको हो । मन्त्रीलाई बोलाएर साँझ ५ बजे अर्को बैठक बस्ने छ।

उपत्यका बाहिर रहेका मन्त्री बैठकमा आउन नसकेका बताईएको छ ।

Leave A Reply

Your email address will not be published.