राप्रपाले स्वाभिमान यात्रा गर्ने

0

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबारदेखि सुरु गर्ने भएकाे छ । 

मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा बिहीबार आयोजित कार्यक्रममा उनले यात्राको दोस्रो चरणअन्तर्गत शुक्रबार मुस्ताङकाे मुक्तिनाथबा६ सुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी दिए । 

राष्ट्रिय आगामी आर्थिक वर्षको बजेट केही सकारात्मक र केही नकारात्मक रहेको प्रसङ्ग उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा बेरोजगारी समस्या समाधानका लागि देशभित्रै पर्याप्त रोजगारको व्यवस्था हुनेपर्नेमा जोड दिए । 

उनले शान्ति प्रक्रिया टुङगिएको समयमा विप्लवको विद्रोह मुलुकको चूनौतीका रुपमा देखिएको उल्लेख गरे । अध्यक्ष थापाले सत्ता केन्द्रितभन्दा बढी नीति केन्द्रित भएर राजनीतिक गर्ने र समान विचार भएका दलहरुसँग एकताका लागि प्रयास जारी राख्ने बताए । 

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको प्रजातन्त्रलगायत २२ बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने, आफ्ना मागका सम्बन्धमा जनमत बनाउने, जनतालाई जागरुक उद्देश्यबाट स्वाभिमान यात्रा भइरहेको राप्रपा प्रचार विभाग प्रमुख माेहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा अध्यक्ष कमल थापा, पार्टीका नेताहरू र यात्राका टोली बिहीबार नै जोमसोम पुग्ने कार्यक्रम रहेको छ । शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरि यात्रा शुरु हुने श्रेष्ठले बताए । यात्राको क्रममा हिन्दु र बौद्ध धर्मलाई प्रतिबिम्बित गर्ने पशुपतिनाथ, स्तुपा र फाइबरबाट निर्मित कलात्मक गाइलाई आकर्षक सजावट सहितको रथ बनाइएको छ । गोरखामा कलशयात्रा र आमसभा गरि दोश्रो चरणको यात्रा समापन हुने प्रचार विभाग प्रमुख श्रेष्ठले जनाए । 

Leave A Reply

Your email address will not be published.