कैलाली र कंचनपुरमा भीषण हावाहुरी: दुईको मृत्यु, ३७ घाइते

0

धनगढी – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहिवार साँझ आएको भीषण हावाहुरीले मानवीय क्षति हुनुका साथै ठुलो भौतिक क्षति पनि भएको छ । हावाहुरीले रुख, विद्युतका पोल, पर्खाल र घरका छानासमेत उडाएको छ।

कैलाली र कञ्चनपुरमा ३७ जना घाइते भएको सुदुृरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीले बताएका छन् । उनका अनुसार दुई जनाको ज्यानसमेत गएको छ । कयौंको घरको जस्ता पाता उडाएको छ । कञ्चनपुरमा मात्रै २२ जना घाइते छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरमा हावाहुरीले अधिकांश ठाउँमा ठूलो क्षति पुर्याएको उनले बताए । थप विवरण आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.