गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

0

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक गृहकार्य अभावमा स्थगित भएको हो ।

यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभावको कारण देखाउँदै बिना निष्कर्ष टुंगिएको थियो ।

त्यसपछि बिहीबारका लागि बैठक तोकिएको थियो । तर पार्टी अध्यक्ष पुष्प कमल दाहाल र केपी शर्मा ओलीले गृहकार्यका लागि समय माग गरेपछि बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
सचिवालय बैठकका लागि अर्काे मिति तय भइसकेको छैन ।

Leave A Reply

Your email address will not be published.