हुम्लामा पुग्याे नेपाली इन्टरनेट

0

हुम्ला – हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएको हिल्सा ईन्टरनेटको पहुँचमा जोडिएको छ । नाम्खा गाउँपालिका ५ अन्तर्गत यारीको नारा लेकमा वल्र्ड्लिंकले टावर स्थापना गरेपछि ईन्टरनेट सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले इन्टरनेटका लागि सर्भे गरेको २ बर्षसम्म जडान गर्न नसकेको अवस्थामा वल्र्डलिंक कम्युनिकेशनले सर्भे गरेको ३ महिना भित्र टावर स्थापना गरी सेवा प्रदान गरेको हो । वल्र्डलिंक सेवाको ईन्टरनेट पुगेसँगै महङगो सुल्क तिर्दै चिनिया ईन्टरनेट प्रयोग गर्दै आएका हिल्साबासी स्वदेसि लगानीको इन्टरनेट सेवा प्रयोग गर्न पाउदा खुसि भएका छन ।

हिल्सा नाकामा बसोबास गर्ने नागरीकसँगै नाम्खा ५ यारीका जनतालाई मध्यनजर गर्दै जिल्लामा पहिलो पटक उच्च भुभाग चार हजार छ सय पचास मिटर उचाईमा रहेको नारा लेकमा वल्र्डलिंक कम्युनिकेशनले टावर स्थापना गरी ईन्टरनेट सेवा संचालनमा ल्याएको वल्र्डलिंक सेवाका हुम्ला प्रतिनिधि रामजन रावतले बताए ।

वल्र्डलिंक कम्युनिकेशन प्रालि कर्णाली प्रोजेक्टले नयाँ मुकाम हासिल गरेको हो, नेपाल टेलिकम पुग्न नसकेको क्षेत्रमा हामी पुगेका छौं’ कम्पनीका प्रोजेक्ट म्यानेजर राजेन्द्र बिष्टले भन्नुभयो । नेपालको उच्च हिमाली जिल्ला भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ५ अन्तर्गतका यारी, मुचु र हिल्साका नागरीकलाई ईन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यले समुद्र सतह देखि ४हजार ६ सय ५० मिटरको उचाइँमा टावर निर्माण गरेर ईन्टरनेट सेवालाई हिल्सा नाकासम्म पुराउन सफल भएको उनले बताए ।

अब हुम्लाको हिल्साबाटै हुम्लीसंगै भारतीय धार्मिक पर्यटकहरुले मानसरोबर यात्रा गर्दा इन्टरनेट सेवाबाट कम्मुनिकेशन गर्नसक्ने भएका छन । वल्र्डलिंक कम्युनिकेशन नाम्खा ६ को लिमिका जाङ, हल्जि र तिल र चंखेली ५ को श्रमिष्ठा बाहेका जिल्लाका ७ वटै गाउपालिकामा आफ्नो सेवा बिस्तार गरेर जिल्लालाई नै रीन्टरनेटको पहुँमा पुर्याएको छ । अबको केही दिनमा तिब्बतसंग जोडिएका अन्तिम गाउँ लिमी र श्रीमष्ठामा पनि ईन्टरनेट सेवा जोड्ने वल्र्ड्लिंक सेवाका हुम्ला प्रतिनिधि रावतले बताए ।

वल्र्डलिंकको ईन्टरनेट सेवा जडान गर्न सात जनाको टोली हिल्सामा पुगेको र यस बर्षमा भएको भारी हिमपात जिल्लाको उत्तरी हिल्सा नाकाको यारीमा अझै सम्म नपग्लिएको क्षेत्रमा यो सेवा संचालनमा ल्याउन एक हप्ताको प्रयास पछि चीनको सिमा क्षेत्र हिल्सामा वल्र्ड्लिंक सेवा संचालनमा आएको हो । हुम्लाको हिल्सा ईन्टरनेट सेवामा जोडिए पछि याहाका स्थानिय नागरीक सामाजिक संजालमा जोडिन पाउदा खुशिभएका सिमा प्रहरी चौकी हिल्साका प्राुख प्रहरी नायब निरीक्षक देब बहादुर चन्दले बताए ।

Leave A Reply

Your email address will not be published.