अन्तराष्ट्रिय पर्वत समाजको बैठक बेल्जियममा हुदै

0

पर्वत जिल्ला जन्मस्थान भई बिदेशमा रहेका पर्वतेलीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजको बैठक सहित बृहत भेला यहि आउदो डिसेम्बर २७ तारिखका दिन बेल्जियमको सेन्ट निकलासमा हुने भएको छ । उक्त बैठकमा गैर आवासीय नेपालि संघक उपाध्यक्ष कुल आचार्य र निवर्तमान सचिव अर्जुन कुमार श्रेष्ठ लगायत समाजका अग्रजहरुको उपस्थिति रहने छ |

पर्बत जिल्लाको सम्वृद्धि र सम्पन्नताको लागि महत्वपुर्ण भूमिका खेल्दै, प्राकृतिक बिपत्ति एबं दैबी प्रकोप तथा अन्य बिभिन्न कारणबाट प्रभावि क्षेत्रहरुमा सेवा गर्दै मानवीय सहयोग साथै विदेशमा रहेका पर्बत जिल्लाबासिहरुलाई समेत परि आएको अफ्ट्यारो परिस्थिमा साथ सहयोग दिने आफ्नो उदेश्य लाइ कसरि प्रभावकारी रुपमा अगाडी लैजाने भन्ने कुरा भेलाले कार्ययोजना तर्जुमा गर्ने कुरा केन्द्रीय अध्यक्ष पुरण गिरिले बताउनुभयो ।

संस्थाले भावि कार्ययोजना , च्यारिटी कार्यक्रम लगायत अन्य बिबिध बिषयमा उक्त बैठकमा महत्वपुर्ण निर्णयहरु गरिनुका साथै बैठक पछि त्यहा उपस्थित समाजका अग्रज लगायत अन्यको उपस्थितिमा बृहत छलफल गरिने पनि समाजका महासचिव महासचिव गुणराज शर्माले बताउनु भयो |

बैठकको व्यवस्थापनको जिम्मा लिएको पर्वत समाजले श्री प्रसाद गुरुङको संयोजकत्व आफ्नो तयारि पुरा गरेको बताउदै उक्त अवसरमा अन्तराष्ट्रिय पुरुस्कार जित्न सफल छाउपडी प्रथा सम्वन्धित फिल्म “पंचायत ” को च्यारिटी प्रदर्शन साथै चर्चित गायक बसन्त थापा र नर बहादुर बिसीले आफ्नो सांगीतिक कोशेली प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष झलक केसीले जानकारी दिनु भयो |

कार्यक्रम हुने स्थान मिति – २७ डिसेम्बर ,२०१७ बुधबार
समय – बिहान ठिक १०.०० बजे
स्थान – Hotel De Spiegel
Stationstraat 3
9100 Sint Niklaas
Belgium

Leave A Reply

Your email address will not be published.