चारदिशा, बेल्जियम,
गैर आबासीय नेपाली संघ बेल्जियमले आईतवार बेल्जियमको लुभेन शहरमा आफ्नो कार्यालयको बिधिबत स्थापना गरेको छ । लुभेनको BONDGENOTENLAAN 145 मा रहेको कार्यालय कक्षको एक कार्यक्रमका बिच बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापा र एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भयो ।
सन २००५ मा स्थापना भएको एनआरएनए बेल्जियमले हालसम्म अध्यक्ष र महासचिबको झोलामा आबस्यक कागजपत्र राखेर कार्यसन्चालन गर्दै आएको थियो । एनआरएन बेल्जियमले स्थापना देखि रबिन्द्रमान श्रेष्ठ, युबराज गुरुङ, पिजी शेर्पा, जानकी गुरुङ , प्रेम गुरुङ , गंगाधर गौतम सहित छ जना अध्यक्ष पाइसकेको छ भने हाल लोक दाहालको नेत्रित्वको समिती कार्यरत छ ।
७७ वटा गैर आबासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद मध्य निकै सकृय रहने बेल्जियम एनसीसीको आफ्नै अफिस नहुनुले काम गर्न निकै कठिनाई ब्यहोरी रहेको थियो । तर अब काममा सजिलो र छरितो हुने आशा गरेका बेल्जियमबासी हरुले खुशी ब्यक्त गरेका छन ।
एनआरएन बेल्जियमले आफ्नो अफिस उद्घाटनको अबसर पारेर एनआरएन केन्द्रिय समितिमा निर्बाचित पदाधिकारीहरु सचिब जानकी गुरुङ, युरोप सन्योजक शिव कुमार बरुवाल, महिला सन्योजक रजनी प्रधान एबम केन्द्रिय समितीमा मनोनित , आईसिसी सदस्य लीला शर्मा मानन्धर, मानार्थ परिषद सदस्य युबराज गुरुङ र गोबिन्द सुबेदीलाई सम्मान र स्वागत गरेको छ ।
बिभिन्न संघ सस्थाका पदाधिकारी, प्रतिनिधि, कलाकार, पत्रकार, नेपाली दुताबासका अधिकारीहरु उपस्थित समरोहमा उपस्थिहरुलाई स्वागत बरिष्ठ उपाध्यक्ष कमल पन्थी, सन्चालन महासचिब् आङमाया लामा र सभापतित्व अध्यक्ष लोक दाहालले गर्नु भएको थियो ।