चारदिशा , बेल्जियम ,
नेपाल सरकारको पररास्ट्र मन्त्रालयका सह सचिब कृष्ण प्रशाद ढकालको नेत्रित्वमा प्रबासका नेपालीहरुका लागि के कस्ता निती नियम र व्यबहार आबस्यक र अपेक्षा छ भनी बुझ्न आएको टोलीले बेल्जियमका नेपालीहरु सँग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
गैर आबासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य र बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापा बिशेष अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष आचार्यले गैर आबासिय नेपालीहरुको मातृभूमी प्रतीको कर्तब्य पुरा गर्न संघले सेतुको रुपमा काम गरेको र प्रबासी नेपालीहरुले आफु सँग भएको पुजी सीप र क्षमताले देशलाई सम्ब्रिद्ध बनाउन प्रयास गरी रहेको आगामी दिनमा यसको गती अझ तिब्र बनाउन एनआरएनएको नेत्रित्व प्रयासरत रहेको बताउनु भयो । उहाले नेपाल सरकारले बिदेशमा बस्ने नेपालीहरुका समस्या समाधान र सहजिकरणका लागि परराष्ट्र मन्त्रालय धेरै काम गरेकोमा पररास्ट्रका आधिकारिहरुलाइ धन्यवाद दिदै आगामी दिनमा देश बिकासका लागि मिलेर काम गर्ने आवश्यकता रहेको बारे अौल्याउनु भयो ।
बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले आर्थिक कुटनितीका माध्यमबाट देश बिकासका लागि दुताबासले काम गरी रहेको, यसकालागी बेल्जियमको नेपाली समुदायबाट अपेक्षित सहयोग पाइरहेको र अगाडिका दिनमा मिलेर काम गर्न आफु सधैं इम्मान्दार भएर लाग्ने बताउनु भयो । सहभागीहरुले उठाएको नेपाली रहादानी पाउनका अाबस्यक कागजात जुटाउन् बिदेशमा समस्या ब्यहोर्नु परेको बारेमा बोल्दै राहदानीका लागि दिईने ब्यक्तिगत विवरण अती महत्वपूर्ण हुने हुँदा आफ्नो बारेमा सबै तथ्य प्रमाणिक् बनाउन फेरबदल नगर्न आग्रह गर्दै अन्य व्याबहारिक समस्या समाधान गर्न आफुले सधैं सहयोगि भूमिका खेलदै आएको र आगामी दिनमा पनि जारी रहने बताउनु भयो ।
सरकारी प्रतिनिधी मन्डलका नेता सहसचिब कृष्ण प्रशाद ढकालले सह्भागि गैर आबासीय नेपालीहरुको जिज्ञाशाहरुलाई सम्बोधन गर्दै नेपाल सरकार एनआरएनहरुलाई देश सँग जोडी राख्न इछ्छुक रहेकोले आबस्यक निती नियमलाई परिमार्जन गरीरहेको र नेपालको संबृधीमा एनआरएन मुख्य साझेदार हुने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रमलाई बेलायत निबासी अधिबक्ता सुरेन्द्र श्रेष्ठले आफु लगायतको समुहले बिदेशको आबासीय कार्ड लिएका नेपालीहरुलाई नेपाल सरकारको कुनै पनि निकायमा काम गर्न नपाउने गरी बन्देज लगाएकोले बिदेशमा प्रतिभा भएका नेपालीहरुले पनि नेपालको लागि काम गर्न नपाउने हुँदा देशलाई धेरै घाटा परिरहेको हुँदा आफुहरुले सर्बोच्च अदालतमा कानुनी रिट दायर् गरेर यो समस्याको कानुनी समाधान खोजी रहेको बताउनु भयो ।
प्ररास्त्रका अधिकारीहरु डमरू बल्लभ पौडेल , युबराज कार्की, एनआरएन केन्द्रीय सचिब जानकी गुरुङ, महिला सन्योजक रजनी प्रधान, अैसिस सदस्य लीला शर्मा मानन्धर, युरोप सन्योजक शिव बरुवाल, सह सन्योजक एकराज गिरी, डेनमार्कका अध्यक्ष यामलाल कंडेल; स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठ , मानार्थ परिषद सदस्य युबराज गुरुङ, नेपाल पर्यतन बोर्डका प्रतिनिधि बिनोद न्यौपाने, पत्रकार डिल्ली अंमाई ; नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट, सुबाश जोशी , प्रेम गुरुङ, शंकर बजगाई, लगायतले सम्पत्ति माथिको अधिकार, बिदेशमा पारपाचुके गरेका दम्पत्तिले नेपालमा ब्यह्रोर्नु पर्ने कानुनी अवस्था, नेपाली विद्यार्थीहरुले कामका लागि डेनमार्क लगायतका देशमा बेहोर्नु परेको खठिनाई ,नेपाल सरकारले लिने सेवा कर , करमा पाइने छुट , सामुहिक र सहकारी अबधारणामा ससानो लगानी गर्नका लागि कानुनी अवस्था लागायतका बिबिध बिषयमा जिज्ञाशा र सुझाब हरु राख्ननु भएको थियो ।
गैर अबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहालको अध्यक्षतामा भएको अन्तर्कृया कार्यक्रममा संघका सचिब प्रेम तिमील्सिना र जीबन शर्मा सहजिकरन् गर्नु भएको थियो । कार्यक्रमलाई पत्रकार राजेन्द्र रसाइली र पूजा रसाइलीको जोडीले फेसबूक मार्फत प्रत्यक्ष प्रशारण् गर्नु भएको थियो ।
एनआरएन सँग प्रत्यक्ष सरोकार राख्ने पररास्ट्रका अधीकारीहरु सँग आफ्न समस्या र समाधानका उपायहरुका बारे छलफल गर्न पानु साकारअत्मक कदम भएको सहभागीहरुले टिप्पणी गरेका थिए ।