दृष्टिबिहिनलाई सेतो छडी वितरण

0
भोला लामिछाने
चितवन जिल्लामा विभिन्न स्थानमा रहेका दृष्टिविहिनहरुहरुलाई चितवन नेत्रहिन सघंमार्फत फागुन ७ गते सेतो छडी वितरण कार्यक्रम सम्पन्न गरियो । मन्डला अनलाईन रेडियो डेनमार्कको सहयोगमा लायन्स क्लव अफ लंकुद्धारा चितवन नेत्रहिन सघंको १५ औ बार्षिक साधारण सभाको अवसर पारी सेतो छडी वितरण गरिएको हो । एन आर एन यूरोपका क्षेत्रीय उपसंयोजक सोम सापकोटाको संयोजनमा चितवन नेत्रहीन सघंलाई ५८ थान सेतो छडी प्रदान गरिएको हो । सघंका क्षेत्रीय उपसंयोजक सोम सापकोटाले चितवन नेत्रहिन सघंका अध्यक्ष भरतमणि भट्टलाई एकमुष्ट रुपमा सो छडी हस्तान्तरण गर्नुभएको हो । सो छडीलाई सघंमा रहेका दृष्टिविहिन तथा अल्पदृष्टीयुक्त व्यक्तिहरुलाई वितरण गर्ने सघंले जनाएको छ ।
सो कार्यक्रममा राज्यले अपाङगहरुलाई हर्ने व्यवहारमा परिवर्तन नगरेको अपाङगहरुले गुनासो गरेका छन । अपाङगहरुको हकहितकालागि बनेका ऐन कानुनको कार्यान्यवन हुन नसक्दा समस्या आएको सहभागिहरुको भनाई थियो । दृष्टिविहिन तथा अपाङगहरुलाई कसरी जीवनयापनका साथै उनीहरुको चौतर्फी बिकास गर्ने भन्ने तर्फ राज्यको दायित्व रहेता पनि यस तर्फ ध्यान नपुग्नु दुखदायी रहेको उनीहरुले दुखेसो पोखेका थिए । कार्यक्रममा बोल्दै चितवन नेत्रहीन सघंका अध्यक्ष भरतमणि भट्टले राज्यले अपाङगहरुका लागि ल्याएको नीति नियमको कार्यान्वन पक्ष फितलो हँुदा अपाङगता भएका व्यक्तिहरु उत्पादनशील कार्यमा लाग्न नसकेको बताउनु भयो । उहाँले चितवन नेत्रहिन संघलाई स्मरण गरी यसमा आवद्ध दृष्टिविहिनहरुलाई सहारा स्वरुप सेतो छडी प्रदान गरेकोमा मन्डला अनलाईन रेडियो डेनमार्क तथा एन आर एन यूरोपका क्षेत्रीय उपसंयोजक सोम सापकोटाप्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । प्रवासी नेपालीहरुले आफ्नो बिदेशमा रहेर कष्टका साथ आर्जन गरेको केही रकम जम्मा गरी दृष्टिविहिनका लागी सहयोग गर्नु प्रसंसनिय रहेको भन्दै सहयोगी हातहरु सबैप्रति आभारी रहेको बताउँनुभयो ।
भरतपुर नपा ५, संविधान चोक नजिक निर्माणाधिन अवस्थामा रहेको अपाङगता सिबिआर भवनको प्रर्णताको लागी सबैको साथ सहयोगको लागी संघले सोही कार्यक्रम मार्फत सबैमा अनुरोध गरेको छ । सोही कार्यक्रममा सघंका सचिव परशुराम पौडेलले बार्षिक प्रगति प्रतिवेदन तथा लेखापरिक्षक दिल बहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा रहनुभएका एन आर एन यूरोपका क्षेत्रीय उपसंयोजक सोम सापकोटाले दृष्टिबिहिनहरुको समस्या, अवस्थालाई मध्यनजर गर्दै पहिलो चरणमा सहारा स्वरुप सेतो छडी वितरण गर्ने अभियान संचालन गरिएको बताउँनुभयो । यसपटकमा चितवनका विभिन्न स्थान माडी, झुवानी, नारायणी नमुना मावि, नारायणगण बजारमा छरिएर रहेका दृष्टिविहिनहरु र चितवन नेत्रहिन संघलाई गरी १ सय भन्दा बढी छडीहरु वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो । उहाँले आगामी दिनहरुमा सबैको साथ र सहयोग मिलेमा अन्य अभियानहरुका साथ अगाडि बढ्ने बताउँनुभयो ।
सो कार्यक्रम प्रमुख जिल्ला अधिकारी डाक्टर मान बहादुर बिकेको प्रमुख आतिथ्यता र कार्यक्रमका बिशिष्ठ अतिथिहरु महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत शान्ता पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कमल आचार्य, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मदुसुदन कोइराला, रत्ननगर नगरपालीकाका प्रमुख नारायण प्रसाद पाण्डे लगाएतले मन्तव्य राख्नुभएको थियो । चितवन नेत्रहिन सघं, चितवनका सचिव पशुराम पौडेलले संचालन गरेको सो कार्यक्रममा संघका केन्द्रिय सदस्य रुपा भुषाल, बौद्धिक अपाङगता संघका जिल्ला अध्यक्ष एवम अपाङग समन्वय समितिका संयोजक निर्मल कुमार श्रेष्ठ, चितवन बहिरा संघका अध्यक्ष बिष्णु कुमारी पौडेल, अपाङग समाज चितवनका कोषाध्यक्ष मिलन खराल अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.