वेल्जियममा कोहिनूरको हासफुल प्रदर्शन

0

kohinor

चारदिशा सम्बाददाता

स्वर्गीय नायक श्रीक्रिष्ण श्रेष्ठले अभिनय गर्नु भएको नेपाली फिल्म कोहिनुरको प्रदर्शन बेल्जियममा  दुईवटा शहरमा दर्शकहरुको अत्यधिक सह्भागिता सहित सम्पन्न भएको छ । लुभेन र आन्तवेरपेन शहरमा दुई शो गर्ने गरी तिकट बितरण गरेका आयोजकहरुले दर्शकहरुको अत्यधिक चाप र चाहनालाई मध्यनजर गर्दै एकशो थप गरी तीन तीन शो प्रदर्शन गरेका छन ।

सधैं झै नेपाली चलचित्र प्रदर्शनीमा खासै धेरै उत्साह नहुने यूरोपका ब्यस्त दर्शकहरुले यस् पटक भने स्वर्गीय श्रेष्ठको अन्तिम अभिनय रहेको यस चलचित्रलाई धेरै रुचाएको र उनी प्रति सम्मान र श्रधान्जलि प्रकट गर्नको लागि पनि सहभागिता जनाएको बताएका छन । युबा पुस्ताका दर्शकहरु बढी भए पनि सबै उमेर र क्षेत्रका दर्शकहरुले चलचित्र हेरेर सन्तुष्टी, मनोरन्जन र श्रेष्ठ लाई श्रद्धान्जली अर्पण गर्न पाएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । आफ्नो कला जीबनमा कुनै पनि बिबादमा न मुछीएका र सबैले इमान्दार नायकका रुपमा चिनेका श्रेष्ठको नायिका श्वेता खड्कासँग विवाह लगत्तै निधन भएको थियो ।

जीबन भरी नेपाली कला क्षेत्रलाई उचाइमा पुर्याउन योगदान दिएका नायक श्रेष्ठको मरनोपरान्त  प्रबासमा उनको कला प्रदर्शन गरेर श्रद्धा प्रकट पाएकोमा खुशी ब्यक्त गर्दै सभागी दर्शकहरु र ब्यबस्थापनमा सहयोग गर्ने सबैलाई आयोजक परोपकारी संस्था चितवन सहायता कोषकी अध्यक्ष पार्वती अधिकारी लगायत कोष परिवारले धन्यवाद ज्ञापन गरेका छन ।

Leave A Reply

Your email address will not be published.