पासपोर्ट दिन दुताबास घर घर आउँदै

0

सन्तोष न्यौपाने

ambasy1के तपाई आफु बसेको शहरमै बसेर आफ्नो पासपोर्ट भर्न तथा लिन चाहनुहुन्छ ? के तपाईको घर मा धेरै परिवार हुनुहुन्छ र दुताबास जान भ्याई रहनु भयको छैन वा काम व्यस्तताले फुर्सद मिलेको छैन ?

यदि त्यसो हो भने नेपाली दुताबास बेल्जियमले एम आर पी पासपोर्ट वितवरणको लागि घुम्ती सेवा प्रदान गर्ने लागिरहेको छ  |  सो घुम्ती सेवामै गइ आफुले नया एम आर पी भर्न सक्नुहुनेछ भने आफुले एम आर पी भरिसक्नु भयको छ र दुतावासमा आइसकेको छ भने पनि तपाइले घुम्ती टोलि मार्फत लिन सक्नुहुनेछ |

दुताबासले बेल्जियमको आन्तर्प , लुभेन र नेदरल्याण्डको आमस्टरडाम मा उक्त सेवा दिन गैरहेको छ  | दुताबासका अनुसार यही २०  फेरबरी सुक्रबार आन्तर्प  र २४ फेरबरी मंगलबारका दिन लुभेन  र  २७ फेरबरी आमस्टरडाम घुम्ती टोलि ले खटिने भयको छ | घुम्ती टोलिले नया पासपोर्टको लागि फारम संकलन तथा तयारी एम आर पी वितवरण गर्ने छ | घुम्ती टोलि मार्फत आफ्नो तयारी राहदानी लिन चाहने सेवाग्राहीले तोकियाको मिति भन्दा कम्तिमा २ दिन अघि नै दुताबासमा सम्पर्क गर्नुपर्ने नेपाली दुताबास बेल्जियमले जानकारी दिएको छ |

दुताबासले दियको जानकारी अनुसार घुम्ती टोलीमा एन आर एन तथा स्थानीय नेपाली संघसस्थाका आबद्ध  नेपालीहरुलाई समावेस गरियको छ | जसमा आन्तर्प सहरको लागि सुभास जोसी ,चित्र सुबेदी र कृष्ण शाहीलाइ जिम्मा दिइयको छ  भने लुभेन शहरको लागि गंगा गौतम ,माधव सापकोटा र जानकी गुरुंगलाई तोकिदियको छ | त्यस्तै गरेर नेदरल्याण्ड को लागि एन koआर एन अद्क्ष्य कृष्ण राज अधिकारीलाइ जिम्मा दियको छ | सेवा लिन चाहनुहुने सेवाग्राहीले उहाहरु सम्पर्क गर्न तथा तोकियाको स्थानमा समयमै गयर सेवा लिन दुताबासले आग्रह गरेको छ | ( बिस्तृत ठेगाना र समय फोटोमा हेर्न सक्नुहुनेछ )|एम आर पी नया बनाउदा तथा पुरानो बाट परिवर्तन गर्दा दुतावासले १२० यूरो .हरायको तथा ड्यामेज भयको भय २४० यूरो र अस्थाई राहदानी को लागि २० यूरो लिने गरेको छ |
मेसिनले पढ्न मिल्ने राहदानी (एम आर पी )लिनेको संख्या बढेपछि दुताबासबाट आर्थिक बर्ष २०७०/७१ मा राजस्व संकलन बढेको थियो |दुताबासले आर्थिक वर्ष ७०/७१मा राहदानी र ट्राभल डकुमेन्टबाट मात्रै ८२ हजार ३ सय ४४ यूरो संकलन गरेको थियो | अघिलो आर्थिक वर्ष ६९/७० को तुलनामा दुतावासले  राहदानी र ट्राभल डकुमेन्टबाट मात्रै  ५१ हजार यूरो बढी राजस्व संकलन गरेको छ |तिन ओटा देशलाई हेर्ने दुताबासको ७०/७१ को बार्षिक बजेट ४ करोड ९१ लाख रुपैया रहेको थियो |

बेल्जियममा रहेको नेपाली दुताबासले बेल्जियम लक्जेम्बर्ग र नेदरल्याण्ड लाई हेर्ने गरेको छ |त्यसबाहेक इथोनिआ,लाटभिया र इस्टोनिया मा रहेका नेपालीहरुको बिषयमा पनि यहि दुताबासले काम गर्दै आयको छ |

Leave A Reply

Your email address will not be published.