संविधानसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं, २२ साउन संविधान लेखनका विवादित विषयमा दलहरुबीच सहमति नजुटेपछि शुक्रबार (आज) का लागि बोलाइएको संविधानसभा बैठक स्थगित भएको छ । साँझ ५ बजेका लागि आह्वान गरिएको संविधानसभा बैठक एजेन्डाविहीन हुने भएपछि स्थगित गरिएको हो । संविधानसभाको…
सहमति जुटाउन दलहरुको कसरत जारी
काठमाडौं, २२ साउन । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन् । प्रदेशको सीमांकनका विषयमा दलहरुबीच कुरा मिल्न नसक्दा शीर्ष नेताहरु द्धिपक्षीय र बहुपक्षीय छलफलमा केन्द्रित भएका छन्…
लचकता अपनाउने एमाओवादीको निर्णय
काठमाडौं, २२ साउन । एकीकृत नेकपा (माओवादी)ले कसैको निर्वाचन क्षेत्र कहाँ पर्छ र कहाँ स्थान सुरक्षित हुन्छ भन्ने मान्यता नराखी सङ्घीय राज्यको सीमाङ्कन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको एमाओवादी स्थायी समितिको बैठकले जनताको सुझावका…
विषालु च्याउ खाँदा एकै घरका दुईजनाको मृत्यु
कालीकोट, २२ साउन । सदरमुकामसँगै जोडिएको कालीकोट जिल्लाको बदालकोट गाविस–२ बरातु गाउँमा जङ्गली च्याउ खाँदा एकै घरका दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय होइजाली रोकाया र १७ वर्षीया ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले…
सेनाप्रमुख
निमित्त सैन्य प्रमुखमा बढुवा भएका राजेन्द्रबहादुर क्षेत्री र आजदेखि विदामा बस्नु भएका प्रधानसेनापति गौरवशमशेर जबरा सैनिक मुख्यालयमा शुक्रबार ।
ज्ञापनपत्र बुझाउन जाँदै राउटे
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउन जाँदै राउटे समुदाय । उनीहरुले दशैं खर्च उपलब्ध गराइदिन ज्ञापनपत्रमा आग्रह गरेका छन् ।
एमाओवादी धर्मनिरपेक्षता कै पक्षमा
काठमाडौं, २२ साउन । एकीकृत नेकपा माओवादीले धर्मनिरपेक्षता मै अडान राख्ने भएको छ । एमाओवादीको संसदीय दलको बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले ६ या ८ प्रदेशसम्मको संघीयतामा जान सकिने…
कामु प्रधानसेनापतिमा बलाधिकृत क्षेत्री
काठमाडौं, २२ साउन । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई कामु…
उन्नाईस वर्षदेखि फरार अभियुक्त पक्राउ
इलाम, २२ साउन । चोरी मुद्दामा संलग्न रही १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको छ । पटक–पटक चोरीमा सङ्लग्न आरोपमा छ वर्ष कैद सजाय सुनाइएका सिद्धिथुम्का–७ का ७० वर्षीय सुन्दरसिंह तामाङलाई जिल्ला प्रहरी…
तेस्रो लिंगीलाई पहिचान खुलाएरै राहदानी
काठमाडौं, २२ साउन । सरकारले लैगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई पनि राहदानी वितरण सुरु गरेको छ । राहदानी विभागले तेस्रो लिंगीको पहिचान खुलाएर राहदानी दिन थालेको हो । लैंगिक अल्पसंख्यकले अबदेखि पुरुष वा महिलाको साटो अन्य समुह लेखिएको…