एनआरएनए बेल्जियमको अध्यक्ष पदको उमेदवार सरु चापागाइको प्रतिबदता

0

एन आर एन बेल्जियमको अध्यक्ष पद कि महिला उम्मेदवार सरु चापागाइले आफुले संस्थाको नेत्रित्व सम्हालेमा निम्न कुराहरु लाई कार्यन्वयन गर्ने गरी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ ।

‘नेपाल को लागि नेपाली’ भन्ने मुल नाराका साथ डायस्पोरा मा छरिएर रहेका नेपालीलाई एउटै संजालमा संगठित गर्दै प्रबाशी नेपाली र हाम्रो देश नेपालको सामाजिक र आर्थिक बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ  २००३ बाट सुरु भएको एन आर एन को अभियानले आज १२ बर्ष पार गरिसक्दा नसक्दै बिश्वको ७० वटा देशमा यसको संजाल फैलिएको छ । यही अभियान को बिस्तार को क्रममा २००५ मा बेल्जियम मा सुरु भएको यस अभियानले अहिले १० बर्ष पुरा गरेको छ । यस एन आर एन बेल्जियम को अभियान मा म सुरु देखीनै प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा संलग्न हुँदै आएको थिए आफ्नो क्षमताले भ्याए सम्म एन आर एन बेल्जियमले सुरु गरेका हरेक कार्य योजनाहरुमा साथ दिदै आएको थिए । साथै बेल्जियम मा रहेका अन्य बिभिन्न सामाजिक बैचारिक संस्थाका बिभिन्न निकाय मा रहेर बिभिन्न प्रकार का योगदान हरु गर्दै आएको थिए ।

यही मेरो नेपाली समाजमा बिगत देखी बर्तमान सम्म गरेको अनुभब र योगदानको आधारमा अहिले मैले सम्पूर्ण बेल्जियमबासी नेपालीको साझा संस्था एन आर एन ए बेल्जियमको अध्यक्ष पदमा उमेदवारि दिएको छु । मलाई अध्यक्षमा जिताउन यहाँहरु सुझाब सल्लाह र सहयोग को अपेक्षा सहित मेरा निम्न प्रतीबद्वता हरु यहाँहरु समक्ष्य प्रस्तुत गर्न चाहन्छु ।

१ – बेल्जियमको नेपाली समाजमा बिद्यामान रहेका सबै प्रकारका , असन्तुस्टी र अन्तरबिरोधहरु लाई न्युनीकरण गर्दै सबैसंग सहकार्य र सहअस्तित्वका साथ बेल्जियमको  नेपाली समुदाय लाई एन आर एनको अभियानमा सहभागी गराउने छु ,,

२ – एन आर एन ए बेल्जियमको सदस्यता बितरण अभियानलाई सहज तरिकाले एन आर एन ए बेल्जियम को सबै क्षेत्रबाट फारम संकलन गरी तुरुन्तै सम्बन्धित क्षेत्रबाट नै कार्ड पनि बिरतण गर्ने ब्यबस्था गर्नेछु ।

३ – एन आर एन बेल्जियमको बर्तमान कार्य समितीले सुरु गरेको आपत कालिन राहत कोषलाई अझ ब्रिद्वी गरी तत्काल एक राहत परिचालन समिती निर्माण गरी यस रकम लाई पारदर्शी तरिकाले आपत कालिन क्षेत्रमा परिचालन गर्ने छु ।

४ – एन आर एन बेल्जियम महिला फोरममा सम्पूर्ण बेल्जियमबासी महिलालाई संगठित गर्दै महिलाका समस्याहरु लाई अझ जोडदारका साथ् उठाउने र समाधानको लागि पहल गर्ने छु । महिला फोरमले सुरु गरेको १ युरो अभियान र नेपालमा सुरु गरेको परोपकारी काम लाई निरन्तरता दिने छु,,

५ – बेल्जियम मा रहेका नेपालीहरु को नयाँ पु स्ता लाई एन आर एन को अभियानमा स ह भागी गराउन एन आर एन ए बेल्जियम को युबा संयोजक मार्फत एन आर एन ए बेल्जियम मार्फत बजेट बिनियोजन गरी बिभिन्न प्रकारका खेलकुद तथा रचनात्मक कृयाकलाप गराउने छु ।

६ – नेपालको बिनाशकारी भुकम्प प्रभाबित क्षेत्र को पुननिर्माणको लागि सम्पूर्ण बेल्जियम का नेपाली संघ संस्था र समुदाय र यहाँको सरकार तथा स्थानिय निकायसंग सहकार्य गरी अर्थ , सिप र प्रबिधी संकलन गरी पठाउने छु ।

७ – बेल्जियम को नेपाली समुदायलाई आफ्न रिती रिवाज संस्कारका बिभिन्न कार्यक्रम गर्न को लागि आबश्यक हल वा नेपाल हाउस निर्माण को लागि सबै संग सरसल्लiह गरी सबै भावना अनुसार सुरु गर्ने छु ।

८ – बेल्जियममा बैधानिक बसाइको लागि कागजी समस्या भएका नेपालीहरु को बैधानिकताको लागि अहिले सम्म बिभिन्न संघ संस्थाले गरेका कामहरु को समिक्षा गर्दै उनीहरुसंग सहकार्य गरी सम्बन्धित निकायमा पहल गर्ने छु । बेल्जियमबासी नेपालीहरु साझा समस्या र तीनको समाधान को लागि प्रतेक महिना एक चोटि नेपालीहरु र बेल्जियम सरकार का प्रतिनिधि बिचमा छलफल चलाउने र नेपालीको हित को लागि त्यसको निस्कर्स अनुसार अगाडि बढने छु ।

९ – एन आर एन आइ सि सि ले सुरु गरेका भुकम्प पछीको राष्ट्र निर्माण को अभियान , एन आर एन भवन निर्माण लगायतका सम्पूर्ण पारीयोजनi लाई सफल पार्न बेल्जियमबाट सक्दो सहयोग गर्ने छु ।

१० -NRNA बेल्जियमको केन्द्रिय कार्यiलय स्थापना गरि प्रत्येक क्षेत्रमा सम्पर्क कार्यiलय बनाउनेछु,,

Leave A Reply

Your email address will not be published.