चारदिशा सम्बाददाता, बेल्जियम ,
बिगत १५ बर्षदेखि बेल्जियम बस्दै आएका युबा ब्यबसायी लोक दाहालले एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि महासचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । मिलनसार, लगनसिल, जागरीला, र सामाजिक कार्यमा सधैं अग्र मोर्चामा रहने दाहाल संगठन सन्चालनका लागि समन्वय र सहकार्य गर्न सक्ने ब्यक्तिका रुपमा बेल्जियममा परिचित छन । बेल्जियमको नेपाली समुदायमा सधैं कृयाशिल रहेका दाहाल हाल जन प्रगतिशिल मन्चका उपाध्यक्ष र नेपाली ब्यबसायी संघ बेल्जियमका महासचिबका हुन ।
नेपालमा गत अप्रिल २५ मा गएको भुकम्पमा परि घरबार बिहिन भएका नेपालीहरुलाई दाहालले ब्यक्तिगत खर्चमा गरेको सहयोगको सबैले प्रसन्शा गरेका थिए, आँफै दुई पटक धादिङ र गोर्खा जिल्लाका बिकट गाउहरुमा पुगेर सहयोग अभियान चलाएका दाहालले From People To People संस्था बाट दुई करोड पचास लाख बराबरको पुनर्निर्माणको बजेट पिडित हरुका लागि लागि सकेका छन ।
नेपालको पुनर्निर्माणका लागि अझ सक्रिय भएर लाग्ने र बेल्जियमका नेपाली समुदायको उन्नतिका लागि एन आर एन मार्फत कार्यक्रम र योजना सहित अझ दत्तचित्त कृयाशिल रहने आफ्नो उद्द्यस्य रहेको बताउने दाहालले नेपाली समुदायमा गरेको अपिल………..
बेल्जियमस्थित नेपाली समुदायमा म लोक दाहालको एनआरएन बेल्जियमको महासचिवको उमेद्धारीको जानकारी तथा अपिल बेल्जियमको झन्डै १५ बर्षको बसाईको क्रममा यहां रहेका नेपाली र सम्बन्धित विभिन्न संघसंस्थाहरुमा यो वा त्यो रुपमा मेरो सहभागिता र समर्थन रहदै आएको थियो छ र रहिरहने छ । यसको लागि मैले आवस्यकता अनुसार कतिपय अवस्थामा ब्यक्तिगत सहभागिता जनाउन पुगे भने कतिपय अवस्थामा संस्थागत जिम्मेवारी लिदै सहभागी हुन् पुगे, त्यसैले मेरो अनुभव मा सामाजिक सेवा गर्नको लागि पदको जरुरिनै पर्छ भन्ने लाग्दैन र पनि एकातिर हाल नेपालको तरल राजनैतिक अवस्था , भुकम्पको प्राकृतिक प्रकोप र यसले पुराएको क्षति जस्ता बिसयमा मुलभूत रुपमा ध्यान दिनुपर्ने र राष्ट्रप्रति हामि प्रवासी नेपालीको तर्फबाट नामलाई भन्दा कामलाई ध्यान दिएर दिर्घकालिन योजना सहित बेल्जियमको नेपाली समुदायको तर्फबाट ससक्त उपस्थिति जनाउनु परेको छ, भने अर्को तिर बेल्जियममा रहेका नेपालीहरुको बिबिध खालका समस्यालाई अल्पकालीन तथा दिर्घकालिन योजना बनाई समाधानको लागि पहल गर्दै यहाको बसाईलाई अझ ब्यबस्थित रुपमा लैजादै बेल्जिक समुदायसंग एकाकार गर्दै नेपाल र नेपालीको स्वाभिमान र आत्म गौरवको वाताबरण बनाउनको लागि पुलकोरुपमा काम गर्नपर्ने महसुस गरेको छु । यसकोलागि प्रवासी नेपालीहरुको हालसम्म साझा संस्थाको रुपमा रहेको एन आर एन ,बेल्जियमनै पुलकोरुपमा काम गर्ने साझा संस्था हो भन्ने महसुस गर्दै आउदो यस संस्थाको अधिबेसन मा ’’साझा संस्थाको साझा महासचिव’’ को रुपमा काम गर्ने इच्छा सहित संम्पूर्ण बेल्जियम नेपाली समुदाय बीचमा हार्दिक अपिल गर्दछु र यहाको बसाई को व्यस्तताको कारण यहाहरुको बिचमा भौतिक रुपमा पुग्न नसके मा यसै अपिल लाइ आधिकारिक मानि अवश्य पनि सहयोग गरिदिनुहुनेछ भन्ने आशा अनि बिश्वास लिएको छु । धन्यवाद ।
लोक दाहाल महासचिवका उमेद्धार गैह्र आवासिय नेपाली संघ , बेल्जियम