तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका…

आज तिहारको दोश्रो दिन : लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं \ आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।…

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती आज मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न…

राष्ट्रिय सभा निर्वाचन तयारी

काठमाडौँ \ निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि…

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती मनाइँदै

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको…

यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल…

उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन

काठमाडौं \  सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।…

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो, पुनर्स्थापनाको लागि सहयोग…

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनाअरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्व टोलीले भुकम्प प्रभावित स्थानीयलाई उद्धार र राहत वितरण गरेको छ । साथै टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग…

बेलायतका राजा चार्ल्सद्वारा जाजरकोट भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीवार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको…

गाजामा दैनिक ४ घण्टा आक्रमण स्थगन

एजेन्सी \ इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ । अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै तयारी गरेको जनाएको हो । अमेरिकी राष्ट्रपति जो…