चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

0

काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा बिहीबार राति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भई अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.