आन्दोलन रोक्न शीर्ष नेताहरुको अपील

काठमाडौं, २६ साउन । प्रमुख चार दलका शीर्ष नेताहरुले संघीयताको सीमांकनबारे भइरहेको विरोधप्रति चिन्ता प्रकट गर्दै संयम धारण गर्न सार्वजनिक रुपमा अपील गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष…

हिमानीबाट जस्तापाता वितरण

काठमाडौं, २५ साउन । पूर्व युवराज्ञी हिमानी शाहले सिन्धुपाल्चोक धुम्थाङ गाविस–४ स्थित गणेशमान स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई आज २५ बण्डल जस्तापाता हस्तान्तरण गर्नुभयो । सरस्वती माविका लागि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…

प्रहरीको गोली लागेर सुर्खेतमा दुईको मृत्यु

वीरेन्द्रनगर, २५ साउन । प्रादेशिक सीमाङ्कनमा मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर भर्खरै अर्का एक जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले…

बस दुर्घटनामा १० को मृत्यु

प्युठान, २५, साउन । सदरमुकाम नजिकै आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव…

बोलबममा छात्रछात्राको आकर्षण

साउन महिनाको सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म लाग्ने बोलबम मेलामा उच्च माध्यमिक विद्यालय र स्नातक तहमा अध्ययनरत छात्रछात्राको सङ्ख्या अत्यधिक देखिएको छ । युवा उमेरका केटाकेटीमा साउनको सोमबार व्रत बसी शिवालयमा शुद्ध जल चढाए रोजे…

राजनीतिज्ञ देवकोटाको निधन

काठमाडौं, २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनैखटिराका कारण दुई सातादेखि बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उहाँलाई निमोनियाको सङ्क्रमण पनि देखिएको थियो । देवकोटाका…

सोमबार बिहानै भूकम्पको धक्का

काठमाडौं, २५ साउन । गोरखालाई केन्द्रविन्दू बनाएर सोमबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ९ म्याग्निच्युटको पराकम्पन गएको हो । गत वैशाख १२ गतेको भूकम्पपछि ४ म्याग्निच्युट…

महिलामा अझै मनोसामाजिक समस्या

बनेपा, २५ साउन । भूकम्प गएको तीन महिना बितिसक्दा पनि मनोसामाजिक समस्याले महिला पीडित भएको देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आइतबार सञ्चालन भएको शिविरको मनोविमर्स कार्यक्रममा करिब ३२ वर्ष माथिका अधिकांश महिलामा त्यस्तो समस्या देखिएको…

पाल्पा दरबार सङ्ग्रहालय बन्ने

पाल्पा, २५ साउन । पाल्पाको ऐतिहासिक थलो तानसेनस्थित ‘पाल्पा दरबार’ अब सङ्ग्रहालय बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले सात कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि सङ्ग्रहालय बन्ने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाको सर्वपक्षीय भेलाले एक…