दश जनालाई उत्कृष्ट निजामती पुरस्कार

0

काठमाडौँ, २२ भदौ । सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार र ५० जना सेवा निवृत्त निजामती कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवसका अवसरमा सरकारले सो निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सवोच्च अदालतका सहरजिस्ट्रार विपुल न्यौपाने, गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, काठमाडौँका प्रजिअ एकनारायण अर्याल, क्षेत्रीय खानेपानी अनुगमन तथा सुपरीवेक्षण कार्यालय डोटीका सिनियर डिभिजन इन्जिनियर रितेशप्रसाद खत्री, काठमाडौँका हेभी इक्युपमेन्ट डिभिजन प्रमुख शिवराम यादव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव केशवराज ढकाल, निर्वाचन आयोगका कम्प्युटर अधिकृत शिवनारायण थापा मगर र लोकसेवा आयोगका इलेक्ट्रिसियन पोषणमानसिंह बस्नेत हनुहुन्छ ।
त्यस्तै निजामती सेवा पुरस्कारबाट राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत चन्द्र सुब्बा, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर तपेन्द्रबहादुर खड्का, ऊर्जा मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर श्यामकिशोर यादव, आन्तरिक राजस्व विभागका निर्देशक गोपालप्रसाद घिमिरे, पुल योजना पश्चिम सेक्टर ३ कोहलपुरका सिनियर डिभिजन इन्जिनियर गणेशकुमार गौतम र राष्ट्रिय भूउपयोगका आयोजना प्रमुख नवराज सुवेदी सम्मानित हुनुहुने भएको छ ।
गोरखाका स्थानीय विकास अधिकारी प्रेमराज गिरी, जिल्ला वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत राकेश कर्ण, सार्वजनिक खरिद अनुगमन कार्यालयका उपसचिव बलराम ढकाल, सुर्खेतका जिल्ला शिक्षा अधिकारी दीपा हमाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, भूमिसुधार तथा व्यवस्थापन विभागका कम्प्युटर निर्देशक श्रीचन्द्र साह, सिँचाइ डिभिजन कार्यालय पर्साका सिडिइ रामकुमार खङ्ग, महालेखा परीक्षकका कार्यालयका लेखा परीक्षण अधिकारी प्रद्युम्न न्यौपाने र अदुअआका शाखा अधिकृत नारायणहरि अधिकारी सम्मानित हुनुभएको छ ।
त्यसैगरी मुद्रण विभागका मुद्रण अधिकृत वसन्तप्रसाद न्यौपाने, उद्योग विभागका शाखा अधिकृत अम्बिकारमण आचार्य, जिल्ला अदालत सुनसरीका तहसीलदार ऋतुबहादुर पुलामी मगर, सहकारी तथा गरिवी निवारण मन्त्रालयका शाखा अधिकृत लक्ष्मीनारायण वैद्य, राष्ट्रपतिको कार्यालयका शाखा अधिकृत विश्वराज दाहाल,सामान्य प्रशासन मन्त्रालयका नासु रामशरण खड्का, अदुअआका नासु राधाकुमारी श्रेष्ठ पनि सम्मानित हुनुहुने छ ।
जिविसको कार्यालय डोटीका नासु भरतबहादुर नेपाली, महिला तथा बालबालिका कार्यालय बाजुराका महिला विकास निरीक्षक प्रेमा बडु जोशी पौवासार्ताप गाविस पाँचथरका नासु रवीन्द्रकुमार नेम्वाङ, कृषि विकास फार्म पोखराका नायब पशु सेवा प्राविधिक रामदेवप्रसाद चौधरी, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कार्यालय सहयोगी श्रेणीविहीन पाँचौँ पूर्णबहादुर महर्जन, हल्कारा इलाका हुलाक कार्यालय, इटहरी सुनसरीका चन्द्रकुमारी राई र जिल्ला प्रशासन कार्यालय सर्लाहीका कार्यालय सहयोगी रामकपुर रायले पनि सो सम्मान पाउनुहुने छ ।
यसैगरी निजामती सेवा दिवस, २०७२ का अवसरमा सम्मानित सेवानिवृत्त राष्ट्र सेवकमा महालेखा परीक्षक विष्णुबहादुर केसी, निर्वाचन आयुक्त वीरेन्द्र मिश्र, मुख्य सचिव लीलामणि पौड्याल, सचिव नारायणराज तिवारी, भुवनेशकुमार प्रधान, माधवप्रसाद घिमिरे,प्रतापकुमार पाठक, बालानन्द पौडेल, दुर्गानिधि शर्मा, अतिरिक्त सचिव ईश्वरीप्रसाद राजभण्डारी, सहसचिव गोपालमान श्रेष्ठ र उपसचिव अम्बिका केसी पनि सम्मानित हुनुहुने छ ।
सेवानिवृत्तमा चितवनका जिल्ला शिक्षा अधिकारी श्यामजी अतिथि शर्मा, पर्साका मेडिकल सुपरिटेन्डेन्ट डा गोपालप्रसाद साह, मुद्रण अधिकृत पुष्पमुनि वज्राचार्य, शाखा अधिकृत अम्बिका रिजाल, अमरबहादुर मल्ल, लेखा अधिकृत रमेशकुमार बस्ताकोटी, दुर्गाप्रसाद घिमिरे, केशव कोइराला, कालीबहादुर खत्री, गणेशबहादुर थापा, लेखा परीक्षण अधिकारी दिल्लीरमणसिंह नेपाली, सहायक वन अधिकृत सत्यनारायण देव, उपेन्द्रप्रसाद जयसवाल, जनस्वास्थ्य अधिकृत बमबहादुर राना, कृषि प्रसार अधिकृत भोलानाथ यादव र पशु विकास अधिकृत भूपेन्द्र थापाले पनि सो सम्मान पाउनुहुने छ ।
सेवानिवृत्त नासु चन्द्रकान्त भट्टराई, तेजेन्द्र खड्का, रामशरण थापा, भुवनेश्वर उपाध्याय, मेखबहादुर खड्का, गोपीचन्द्र कार्की, जनार्दनप्रसाद साह, बालनारायण ढुङ्गाना, लेखापाल शङ्करप्रसाद पोखरेल, रेन्जर रामनारायण गुप्ता, सर्भेक्षक बजरङ्गी दास, खरिदार रविप्रसाद पौडेल, सुरेश साह, बच्चुकैलाश बुढाथोकी , गोकर्ण सुवेदी , प्राविधिक सहायक पवित्रा तिमिल्सिना, सहायक लेखापाल गोविन्दप्रसाद मिश्र, कार्यालय सहयोगी कृष्णबहादुर कटुवाल, गोकर्णप्रसाद रेग्मी, लक्ष्मण श्रेष्ठ र हरिबहादुर गिरीले पनि सो सम्मान पाउनुहुने छ ।

Leave A Reply

Your email address will not be published.