राप्रपा नेपाल प्रक्रियाबाट अलग

0

काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा अध्यक्ष नेम्वाङलाई भेटेर उहाँले पार्टीले उठाएको जनमत सङ्ग्रहलगायतका एजेन्डामा कुनै सुनुवाइ नभएको जारी पृष्ठभूमिमा पार्टी हाललाई अलग रहने निर्णय गरेको व्यहोरा लिखित रुपमै जानकारी गराउनुभएको हो ।
उक्त पत्रमा संविधान निर्माणको वर्तमान चरणमा आइपुग्दा देशका विभिन्न भागमा जनता आन्दोलित रहेको र कतिपय राजनीतिक प्रक्रियाबाट बाहिरिँदै गएको जनाउँदै राप्रपा (नेपाल)लाई निरन्तर निषेध गर्ने गरिएको उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.