पर्वतारोही पण्डितद्वारा ओलीलाई ढुङ्गा उपहार
काठमाडौँ, १० असोज । लामो दूरीका धावक एवम् विश्व कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च शिखर सगरमाथा र अमेरिकी महादेशको सर्वोच्च शिखर एकन्कागुवाको ढुङ्गा उपहारस्वरुप प्रदान गर्नुभएको छ ।
आज…
अपहरण गरी हत्या गरेको अभियोगमा चार पक्राउ
रौतहट, १० असोज । अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले इनर्वा गाविस–३ वस्ने जितेन्द्रप्रसाद कुशवाहाको अपहरण गरी हत्या गरेको आरोपमा भुनेश्वरलाल राउत कुर्मी,…
मोबाइल बन्यो वित्तीय साक्षरताको शिक्षक
टिरिरिङ.......मोबाइलमा घण्टी बज्दा रोल्पा वडाचौर–२ की सुष्मा सुनारले हत्तपत्त मोबाइल उठाएर हेलो भन्न नपाउँदै उताबाट आवाज आयो, ‘हेलो नमस्कार ! यो वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक सन्देश हो ।’उनी सुन्दै गइन् – ‘एक थुकी सुकी, सय थुकी नदी भने…
भारतविरुद्ध विद्यार्थीले आन्दोलन गर्ने
काठमाडौं, १० असोज । विभिन्न १३ विद्यार्थी सङ्गठनले छिमेकी भारतको नेपालका सीमा क्षेत्रमा भएको अवरोध र आपूर्ति व्यवस्थापनको असहजताबारे भारत सरकार र संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अनेरास्ववियुको केन्द्रीय कार्यालय…
हाम्रो आन्दोलनलाई भारतको सहयोग छ : नेता राई
इलाम, १० असोज । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले मुख्य तीन दलका नेताले आन्दोलनरत दलका कुरा नसुनेका कारण वार्ताको वातावरण बन्न नसकेको धारणा राख्नु भएको छ । सङ्घीय प्रेस फोरम इलामले आज बिहान आयोजना…
आज ऐतिहासिक इन्द्रजात्रा
काठमाडौं, १० असोज । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तानिन्छ ।
रथ तान्नुअघि…
भारतीय नाकाबन्दीको डटेर सामाना गर्ने दलीय सहमति
काठमाडौं, १० असोज । संविधानको रक्षा र पछिल्लो राजनीतिक अवस्थाको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक…
प्राज्ञद्वारा भारतीय हस्तक्षेपको विरोध
बुटवल, १० असोज । सार्वभौमसम्पन्न नेपालको स्वतन्त्रतामाथि भारतीय हस्तक्षेप बढेको भन्दै प्राज्ञले विरोध गरेका छन् ।
सिद्धार्थ साहित्य परिषद् रुपन्देहीको २०औँ साधरणसभा तथा १३औँ अधिवेशनलाई सम्बोधन गर्दै प्राज्ञ बुँद रानाले अघोषित रुपमा भारतले…
एक सिलिन्डर ग्यासको रु पाँच हजार
भक्तपुर, १० असोज । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँ ग्यासमा व्यापक कालोबजारी भएको छ । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको…