आज ऐतिहासिक इन्द्रजात्रा

0

काठमाडौं, १० असोज । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तानिन्छ ।
रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम छ । यस अवसरमा लाखे नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने गरिन्छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ । यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउने थालिएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.