भारतविरुद्ध विद्यार्थीले आन्दोलन गर्ने

0

काठमाडौं, १० असोज । विभिन्न १३ विद्यार्थी सङ्गठनले छिमेकी भारतको नेपालका सीमा क्षेत्रमा भएको अवरोध र आपूर्ति व्यवस्थापनको असहजताबारे भारत सरकार र संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ती विद्यार्थी सङ्गठनको संयुक्त बैठकले सीमा क्षेत्रमा भएको अवरोधको विरोधमा भोलि देशभर प्रदर्शन र सोमबार राष्ट्र सङ्घलाई ध्यानाकर्षण गराउने निर्णय भएको सो सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.