महामन्त्री सार्वजनिक समारोहमा

0

काठमाडौं । उपचारपश्चात् घरमा आराम गरिरहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा। सशाङ्क कोइराला पहिलोपटक आज सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभयो ।

नेपाली काँग्रेस, जिल्ला पार्टी सभापतिको सम्मानमा यहाँ आयोजित चियापान समारोहमा महामन्त्री कोइराला स्वयम् सार्वजनिक हुनुभएको हो ।

यसअघि काँग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको दुई दिने जिल्ला पार्टी सभापतिको भेलामा उहाँ उपस्थित हुन सक्नुभएको थिएन । काँग्रेसको जिल्ला पार्टी सभापतिको भेला आइतबार र सोमबार राजधानीमा सम्पन्न भएको थियो ।

काठमाडौँको टोखास्थित आफ्नो निवासमा आयोजित पार्टी जिल्ला सभापतिसँगको भेटघाट समारोहमा उहाँले नयाँ संविधान कार्यान्वयनको जटिल समयमा जिल्ला पार्टी सभापतिलाई एक्यबद्धता हुन आग्रह गर्नुभयो ।

काँग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले जिल्ला पार्टी सभापतिलाई नेपाली काँग्रेसका संस्थापक नेता महामानव बिपी कोइरालको आर्दश व्यक्तित्वलाई बुझ्न आग्रह गर्नुभयो ।

महामन्त्री कोइरालाले जिल्ला पार्टी सभापतिका काँधमा देश, जनता, लोकतन्त्र र पार्टी सङ्गठनमा गहन दायित्व रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सांसद, तथा विभिन्न भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधि तथा जिल्ला पार्टी सभापतिको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.