एमालेले सात प्रदेशको संयोजक र सहसंयोजकको नाम तोक्यो

0

काठमाडौं ।  नेकपा एमालेले सात प्रदेशको संयोजक र सहसंयोजकको नाम तोकेको छ । एमाले स्थायी समितिको बैठकले मंगलबार सबै प्रदेशमा संयोजक र सह संयोजकको नाम तोकेको हो ।
बैठकले प्रदेश नम्बर १ मा भीम आचार्यलाई संयोजक र शेरधन राईलाई उपसंयोजक तोकेको छ । त्यसैगरी प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल संयोजक हुनुभएको छ भने नागेन्द्र चौधरी उपसंयोजक तोकिनुभएको छ । यता प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी उपसंयोजक हुनुभएको छ । एमालेले प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र गणेश तिम्सिना सहसंयोजक, ५ मा विष्णु पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक, प्रदेश नं ६ मा युवराज ज्ञवाली संयोजक र यमलाल कँडेल सहसंयोजक तोकिनुभएको छ । उता प्रदेश नम्बर ७ मा भने भीम रावल संयोजक र कर्ण थापा सहसंयोजक तोकिनुभएको केन्दि«य कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेले यसअघि प्रदेश कमिटी सदस्यहरु तोके पनि संयोजकको जिम्मेवारी भने तोकेको थिएन ।

Leave A Reply

Your email address will not be published.