भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री निधिबीच भेट

0

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच शनिबार नयाँ  दिल्लीमा भेट भएको छ । नेपालका उपप्रधानमन्त्री निधि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारत भ्रमणमा जानुभएको थियो ।
सो जानकारी भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले आफ्नो ट्वीटर अकाउन्टमार्फत शनिबार अपरान्ह दिनुभएको छ । उहाँले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री मोदी र नेपालका उपप्रधानमन्त्री निधिबीचको भेटघाटको
फोटो पनि राख्नुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
यसै महिनाको सुरुमा निर्माण भएको नेपालको नयाँ सरकारका तर्फबाट भएको निधिको यो भारत भ्रमण सबैभन्दा उच्च
सरकारी अधिकारीको भ्रमण हो । निधिले शुक्रबार नै भारतका विदेशमन्त्री शुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि
भेट गर्नुभएको थियो । सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपाल सरकारसँग निकट भएर काम गर्न भारत तयार
रहेको जानकारी दिनुभयो भने नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पनि दिनुभयो ।
सो भेटका क्रममा नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालको आर्थिक विकासमा भारतको सहयोगको प्रसंशा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.