चिनिया राष्ट्रपति नेपाल आउने सन्देश लिएर फर्कीए बिशेष दुत महरा

0

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चीनले नेपालमा स्थिरता चाहेको बताउनुभएको छ । नेपालको विकास र समृद्धिको लागि आवश्यक सहयोग गर्न चीन तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।
सरकारको विशेष दूतका रुपमा चीन जानुभएका महरा केहीबेरअघि स्वदेश फर्कनुभएको हो । छिमेकी मुलुक चीनको भ्रमण
सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै महराले आफ्नो चीन भ्रमण सफल  भएको जिकिर गर्नुभयो ।
चीनमा रहँदा महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, विदेशमन्त्री वाङ यी लगायतसँग भेटवार्ता गर्नुभएको थियो । महराले विदेशमन्त्री यी मार्फत राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिनुभएको थियो । सोही अवसरमा दुई नेताबीच आपसी हित, द्विपक्षीय सहयोगका विषमा छलफल  भएको थियो । महराको भेटवार्तमा चिनियाँ अधिकारीहरुलेले सरकार परिर्वतन नेपालको आन्तरिक मामिला भएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.