विश्व साहित्य महासङ्घमा तिगेला

0

काठमाडौं । विश्व नेपाली साहित्य महाङ्घ केन्द्रका अध्यक्षमा लन्डनमा रहनुभएका विश्वासदीप तिगेला पुनःचयन हुनुभएको छ । भानुजयन्तीका दिन गठित २४ सदस्यीय समितिका वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र परदेशी (भारत), उपाध्यक्षद्वयमा सागर श्रेष्ठ (नेपाल) र देन्जोम साम्पाङ (भुटान,हाल अमेरिका) र महासचिवमा डा लेखनाथ काफ्ले (ताइवान), सचिवमा केदार सङ्केत (अफगानिस्तान), सङ्गठन सचिवमा हरि शिवाकोटी (क्यानडा), आर्थिक सचिवमा सावित्रा लुइँटेल (इजरायल), आर्थिक सहसचिवमा रमेश कँडेल (नेपाल) र अन्य सदस्यमा चुनिनुभएको छ । त्यसैगरी मुक्तक तथा गजल विभाग प्रमुखका खगेन्द्र अधिकारी अमृत रहनुभएको छ ।
सो अवसरमा साहित्यकार डा कविताराम श्रेष्ठ, मुरारीराज शर्मा, समाश्री, डा मधु माधुर्य, सुरेन्द्र परदेशी लगायतले महासङ्घको प्रगतिको कामना र भानुको योगदानबारे प्रकाश पार्नुभयो । सोही अवसरमा सुशील सुब्बा, नवीन रावत, गोविन्द गौतम, कल्पना पौडेल, मुना सिग्देल, सुनिता कन्दङवा राई लगायतले आआफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष तिगेलाले देश बाहिरका साहित्यकारले केवल कथा, कविता जस्ता सिर्जना मात्र लेख्नु नभई परिवर्तित समयानुकूल समाजलाई डो¥याउँदै जानुपर्ने र विश्वभरका नेपालीलाई एकै सूत्रमा जोड्ने काम पनि गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका १७ मुलुकमा २४ शाखा स्थापना छन् । महासङ्घको जन्म विसं २०६७ असार २९ गते भएको हो ।

Leave A Reply

Your email address will not be published.