फ्रि भीसा कार्यान्वयन भएन : मन्त्री बोहोरा

0

काठमाडौं । श्रम तथा रोजगार मन्त्री दीपक बोहराले फ्री भीसा र टिकटको व्यवस्था  कार्यान्वयन नभएको बताउनुभएको छ । आफ्नो मलेसिया भ्रमणबारे कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै मन्त्री बोहराले सरकारले तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर जाने एउटा पनि नभेटिएको बताउनुभयो । ‘त्यत्रा कामदारसँग भेटघाट गरियो त सरकारले तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर गएका एउटा पनि भेटिएन,’ मन्त्री बोहोराले भन्नुभयो  कम्तिमा ५०—६० हजार त तिरेकै सुनियो ।
त्यो भन्दा माथि कतिसम्म लिइएको रहेछ भनेर यहाँ औपचारिक रुपमा नभनौं ।’भ्रमणका क्रममा कामदारको हितमा कदम चाल्न सकारात्मक पहल गरेको पनि उहाँले दावी गर्नुभयो । मलेसियामा थुप्रै कामदारहरुसँग पनि प्रत्यक्ष भेटघाट गरेको र आफूले भेटेका कमदारलाई विदेश आउँदा धेरै शुल्क लिएकोबारे उजुरी गर्न आग्रह गरेको बताउनुभयो । आग्रह अनुसार केहीले भाइबरमा एसएमएस गरेको पनि उहाँले जानकारी दिनुभयो ।
ठगी गर्नेलाई कारवाही गर्ने उहाँले बताउनुभयो । श्रम मन्त्री बोहोराले सेवा शुल्क बढाउन व्यवसायीले माग गरिरहेपनि त्यसबारे अन्तिम निर्णय नभएको बताउनुभयो  । मलेसिया सरकार द्विपक्षीय श्रम सम्झौताका लागि तयार रहेको पनि उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.