चेपाङ वस्तीबाट १४ को उद्दार

0

काठमाडौं । लगातार पहिरो खसेर बस्तिनै संकटमा पर्न थालेपछि उत्तरी धादिङको री गाविस–९ चेप्राङबाट विस्थापित भएका १४ जनाको उद्दार गरिएको छ । पहिरोमा थुनिएका २१ मध्ये १४ जनाको उद्धार गरिएको हो । री गाउँ–९ चेप्राङ बस्तीमा चारैतिर पहिरो आएर २१ जना स्थानीय १६ गते रातिबाट बस्तीमै थुनिएका थिए । छिमेकी गाउँका वासिन्दाको सहयोगमा प्रहरी हवलदार रुद्रबहादुर कुम्हाल र जवान सन्दीप कुुम्हालले बिहान ८ बजेबाट २ बजेसम्म विस्थापित १४ जनालाई भीरबाटै हिँडाएर जोखिमपूर्ण ढंगले उद्धार गरेका हुन । हिँड्न नसक्ने ४ बालक र तीन जना अपांगलाई बस्तीकै सुरक्षित ठाउँमा राखिएको एसएसपी शरदकुमार खत्रीले जानकारी दिनुभयो । उद्धार गरिएकालाई ताजिम्ब्राङ र्पुयाइएको छ । अशक्तमध्ये ७६ वर्षीय नीम लामा र बुद्धिमाया तामाङ बिरामी भएको, १० वर्र्षीय सुजीता तामाङ र दिनेश तामाङ अपांग रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
यसैबीच, पहिरोले बस्तिनै संकटमा परेपछि सबै परिवारलाई रीगाउँ–४ को मेलेडाँडामा नेपाली सेनाले निर्माण गर्न थालेको सामूहिक आवासमा तत्काल व्यवस्थापन गर्ने निर्णय भएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले जानकारी दिनुभयो । यस्तै, जिल्ला दैवी प्रकोप तथा उद्धार समितिले गत वर्षको भूकम्प र त्यसपछिका पराकम्पले बसोबासका लागि अत्यन्त जोखिम मानिएका लापा र रीगाउँका ७ बस्ती सुरक्षित ठाउँमा सार्ने निर्णय भएको छ ।

Leave A Reply

Your email address will not be published.