साउदी पुगेका झापालीको मृत्यु

0

झापा । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक झापालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चकचकी–२ का भवानी गोश्वामी रहेका छन् । उनको बुधबार मृत्यु भएको उनका बुबा दयानन्द गोश्वामीले जानकारी दिनुभयो । मृत्युको कारण खुल्न नसकेको बताइएको छ । गोश्वामी रोजगारीको सिलसिलामा सन् २०१२ देखि साउदी अरबमा रहेका थिए ।

Leave A Reply

Your email address will not be published.