ढिस्काले पुर्दा तीनको मृत्यु

0

त्रिशूली । खड्गभन्ज्याङ गाविस– ९ गैरीखोल्सोमा बालुवाको ढिस्काले पुर्दा आज तीन जनाको मृत्यु भएको छ । मध्याह्न १२ बजेतिर बा.३ ख ९७०९ नको मिनीट्रकमा बालुवा खानीबाट बालुवा राख्ने क्रममा माथिबाट ढिस्को खसेर पुरिँदा चालक दाङसिङ– ४ का ३५ वर्षीय गङ्गासिह भनिने विकास तामाङ र सहचालक १८ वर्षीय प्रकाश तामाङ तथा खड्गभन्ज्याङ– ९ का कामदार २२ वर्षीय शङ्कर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
अग्लो ढिस्कोमुनि ट्रकमा बालुवा भर्ने क्रममा ढिस्को खसेको थियो । ढिस्काले पुरिएको केही क्षणमै उद्धार टोली पुगे पनि पुरिएकाको ज्यान घटनास्थलमै गएको प्रहरीले जनाएको छ ।
मृतकको शव त्रिशूली जिल्ला अस्पतालमा परीक्षणक लागि पठाइएको छ भने मिनीट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.