वेनेलक्सका राजदुत पोखरेलको विदाइ

0

ब्रसेल्स– नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमले नेपालका लागि बेल्जियम (वेनेलक्स) का राजदुत राममणी पोखरेलको विदाइ गरेको छ । राजदुत पोखरेल आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कने तयारीमा रहेका छन् । विदाई कार्यक्रममा एनआरएन आईसीसी सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष कृष्ण पौडेल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष सुवास जोशी, संयुतm नेपाली मोर्चा, युरोपका सचिव तथा क्रान्तिकारी पत्रकार महासंघ, युरोपका संयोजक दधिराज घिमिरे, जनप्रगतिशील मोर्चा, युरोपका संयोजक विष्णु भुजेल, तमु राष्टिय मुतिm मोर्चा, युरोपका संयोजक गमबहादुर गुरु¨, मगर राष्ट्रिय मुक्ति मोर्चा, युरोपका संयोजक विरमान घर्तिमगर, प्रवासी नेपाली मंच (ओएनएफ) का अध्यक्ष बोधराज पौडेल, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाली व्यावसायी संघका अध्यक्ष सिपी भट्ट , लुम्विनी कपिलवस्तु अभियान, वेल्जियमका अध्यक्ष दामोदर आचार्य, नेपाली प्रगतिशील महिला मंच, वेल्जियमकी का.अध्यक्ष इन्दिरा पौडेल,सचिव समिता सुवेदी लगायतका वतmाहरुले राजदुत पोखरेलकोे वेल्जियमको ४ वर्षको बसाईमा उनको कार्यकालको सफलताको कदर गर्दै  विदाईको अवसरमा आफ्ना  विचारहरु राखेका थिए  ।

rajdut
कार्यक्रममा सहभागीहुनु भएकाहरुलाई मञ्चका सचिव पवन सुवेदीले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रम मंचका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने संचालन महासचिव कृष्ण तिवारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.