सि,पी, भट्टद्वारा बिद्यालयलाई सहयोग

0

cp-bhatta-1

चारदिशा,सम्बाददाता

गैर आबासिय नेपालीहरु  प्रबासमा परिश्रम गरी आर्जन गरेको केही रकम लगानी गरेर जन्मभुमीको बिकासमा सहयोग गरेर आफ्नो कर्तब्य पालन गरी रहेका छन , विगत १५ वर्षदेखि बेल्जियममा बस्दै आएका सिपी भट्टले विदेशमा कमाएको रकमको केही प्रतिशत गाउँका कमजोर विद्यालयहरुको शैक्षिक विकासमा लगानी गरेका छन ,, कमाउने र विदेशमा सुखमा बस्ने हरेक नेपालीको व्यक्तिगत चाहना र स्वार्थभन्दा विपरित जन्मभूमिप्रतिको मर्म बुझेर समाजसेवामा रुची राख्ने भट्टले विगत तीन वर्षदेखि नुवाकोट जिल्लाको जिलिङमा स्वास्थ्य र शिक्षाको विकास गर्ने अभियान नै चलाएका छन् ।
उनले ग्रामिण भेगका गरिब बालबालिका पढ्ने सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाका लागि कम्प्यूटर कक्षा र पुस्तकालय स्थापना गर्नुका साथै वृद्धाश्रम र बुढ्यौली अस्पताल निर्माणमा सहयोग पुर्याइ रहेकाछन् । भट्टले जिलिङमा रहेको शिलासिता प्राथमिक विद्यालयलाई केही दिनअघि एकलाख मूल्यबराबरको दुईथान कम्प्यूटर र महामाया निम्न माध्यामिक विद्यालयलाई दुईलाख मूल्यबराबरको ४ थान कम्प्यूटर र प्रिन्टर दिएर सहयोग गरे ।

यसका साथै जिल्लामै पहिलोपटक निर्माण भइरहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको बुढ्यांैली अस्पताल र वृद्धाश्रमलाई आठ लाख रुपैयाँ पनि सहयोग दिए ।
मैले पढ्दाखेरि भोगेको पीडा मेटाउन खोजेको हुँ,’ उनी भन्छन्, ‘हामीले जस्तो दुःख अहिलेका भाइबहिनीले भोग्नु नपरोस् ।’ विदेशलाई कर्मथलो बनाएर बस्ने नेपालीहरुले आफ्नो जन्मभूमीको विकासतिर थोरै मात्र ध्यान दिने हो भने यहाँका पिछडिएका गाउँ वस्तीको मुहार फेरिन धेरै बेर नलाग्ने दाबी उनको छ । ‘म प्रवासमा दुई दशकभन्दा लामो समय व्यतीत गरेर पनि मैले गाउँको हालत सम्झिरहे,’ उनले भने ‘यो मैले जन्मभूमिप्रति निभाउनै पर्ने दायित्व थियो ।’
उनी मात्र होइन, बेलायतमा विगत २२ वर्षदेखि बसोवास गर्दै आएका उनका सहोदर भाई कृष्णप्रसाद भट्टले समेत सोही गाउँमा व्यक्तिगत लगानीमै विद्यालय भवन निर्माण गरिदिएका छन् ।
आफ्ना स्वर्गीय बुबा हेमप्रसाद भट्टको सम्झनामा जिलिङकै करुणाकर निम्न माध्यामिक विद्यालयलाई १४ लाख रुपैयाँको लगानीमा कम्प्यूटर कक्षासहितको तीनकोठे पक्की भवन बनाइदिए । उनी बेलायतको लण्डनस्थित एबिआई कलेजका निर्देशक छन् ।

ब्यबसायी सि,पी , भट्ट एन ,आर, एन, बेल्जियमका सल्लाहकार , बेल्जियम नेपाल च्याम्बर् अफ कमर्शका सदस्य, नेपाली ब्यबसायी संघका उपाध्यक्ष्य छन ।

Leave A Reply

Your email address will not be published.