बेल्जियममा मुक्तक साझ

0

चारदिशा सम्बाददाता, बेल्जियम

अन्तरराष्ट्रिय साहित्य समाज बेल्जियमले रात्रीभोज सहितको मुक्तक साझ सम्पन्न गरेको छ । आईतवार लुभेन शहरमा भएको साहित्यिक जमघटमा बिभिन्न श्रस्टाहरुले आफ्ना रचनाहरु सुनाउदै उपस्थीतहरुलाई भाबुक र रोमान्चित बनाए । नेपाली भाषा साहित्यको आजको अवस्था र प्रबासबाट गर्न सकिने योगदानका बारेमा धारना राखियो । अने,सा,स, बेल्जियमले आगामी अगस्त महिनामा आयोजना गर्ने ब्रिहत युरोपियन साहित्यिक कार्यक्रममा सबैको सहयोग र सह्भागिताका लागि अनुरोध गरियो ।

10629581_10200329923128530_8719612108559876423_n

अन्तररास्ट्रीय कलाकार समाजका अध्यक्ष्य पुष्प बरुवाल , जन संपर्क समिती युरोपका महामन्त्री गंगाधर गौतम, अन्तररास्ट्रीय साहित्य समाज नेदरल्यान्डसका अध्यक्ष्य सुर्य गिरी, एन्,आर्,एन बेल्जियमका महासचिब माधव सापकोटा , बिमल गिरी, लगायतका अतिथी हरुले नेपाली भाषा साहित्यका बारेमा बोलेको उक्त कार्यक्रममा साहित्यकारहरु सुर्य गिरी, राजकुमार पुडासैनि, दीपेन्द्र केसी, पुष्प बरुवाल , माधव सापकोटा, सौरभ कारन्जित , बिमल गिरी,रोशन छेत्री , परमानन्द सापकोटा, दिपकज्योती पौडेल ,हरी श्रेष्ठ , बिष्णु सापकोटा,बोधराज पौडेल, मोहन खत्री लगायतले मुक्तक र कबिता सुनाएका थिए ।
दिपकज्योती पौडेलको सन्चालन र राजकुमार पुडासैनीको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्षता दीपेन्द्र केसीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.