वेलायत सरकार वन्यो सवैभन्दा पारदर्शी, नेपाल ६१ अौं नम्वरमा

0

चारदिशा सम्वाददाता।

बेलायतका इन्टरनेट आविस्कारक सर टिम बर्नरली द्वारा संकलित सबैभन्दा पारदर्शी सरकारहरुको सूचिमा युके, अमेरिका स्विडेन र फ्रान्सलाई क्रमश पहिलो, दोश्रो, तेस्रो र चौथो दर्जामा राखिएको छ भने पाँचौ देखि पहिलो दश देशमा क्रमश न्युजिल्याण्ड,निदरल्याण्ड, नर्वे ,क्यानाडा डेनमार्क र अस्ट्रेलिया परेका छन्। त्यसैगरी इन्डिया ३९ औ, चाईना ४६ औ,तहमा छन् ६१ औ बनेको  नेपाल भन्दा पछाडी पाकिस्तान ६७ र बंगला देश ७३ नम्बरमा परेका छन । त्यस्तै माली र हाइटि पछाडी म्यान्मार सरकारी पारदर्शिताको अन्तिम मा सूचीकृत भएको छ ।

राज्यले कसरि पैसा खर्च गर्दछ भन्ने सुचनाको  तथ्यांक कत्तिको पहुचयोग्य छ भन्ने कुरालाई मुख्य आधार मान्दै यो सूची तयार गरेको बताईएको छ । यसका अलावा सरकारी मातहतका सार्वजनिक सेवाको संचालन तथा कार्य सम्पादन जस्ता कुरालाई पनि यो अध्ययनमा आधार बनाइएको छ ।  वर्ल्ड वाईड वेब फ़ाउण्डेशन, र ओपन डेटा ब्यारोमिटर लाई स्रोत देखाइएको यो सूची प्रकाशन २०१३ पछिको दोश्रो रहेको उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.