सदस्य सचिव राईसहित चारविरुद्ध आरोपपत्र दायर

0

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबार सचिवालय पुनःनिर्माण समितिका तत्कालीन सदस्य सचिव मनिप्रसाद राईसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको भवन निर्माणका क्रममा मूल्य समायोजनको सूत्रमा गलत सूची प्रयोग गरी बिलभन्दा बढी भुक्तानी गरिएको देखिएकाले राईसहित
तत्कालीन उपसचिव (लेखा) रामबहादुर केसी र तत्कालीन इन्जिनियर जगतबहादुर रानाभाटविरुद्ध बिगो रु ६८ लाख ७७ हजार २५० दाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आफूहरुलाई गैरकानुनी लाभ पु¥याउने र सरकारलाई गैरकानुनी हानि पु¥याउने बदनियतका साथ भवन निर्माणमा संलग्न ठेकेदार कं गोरखा कन्ट्रक्सन कम्पनीलाई रु ६८ लाखभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा राई, केसी र रानाभाटमाथि सो रकम बिगोसहित मुद्दा दायर गरिएको आयोगलेले जनाएको छ । त्यसैगरी ठेकेदार कम्पनीले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजमाथि पनि बिगो त्यति नै कायम गरी माग दाबीसहित आरोपपत्र दायर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.