राष्ट्रपतिद्वारा ऐतिहासिक बौद्ध स्थलहरुको अवलोकन

0

नवलपरासी । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भगवान् बुद्धसँग सबन्धित विभिन्न ऐतिहासिक स्थलहरुको अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी बिहान ११ लुम्बिनी पुगेर सर्वप्रथम बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभयो र त्यहाँको पूजामा सरिक हुनुभयो ।
करिब एक घण्टा लुम्बिनीमा रहँदा उहाँलाई लुम्बिनीको समग्र गुरु योजना र वर्तमान अवस्थाबारे कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी गराउनुभएको थियो ।
दिउँसो करिब १ः२५ बजे कपिलवस्तुको तिलौराकोट पुगेर उहाँले करिब एक घण्टा सो क्षेत्रको अवलोकनमा बिताउनुभयो र आवश्यक जानकारी लिनुभयो । त्यसपछि २ः३० बजेतिर नवलपरासीको रामग्राम स्तुप पुग्नुभयो । सो स्थानमा पनि राष्ट्रपति भण्डारीले त्यहाँको गुरु योजना र वर्तमान अवस्थाबारे जानकारी हासिल गर्नुभयो । साँझ उहाँ बुद्धको मावली रुपन्देहीको देवदह जानुहुने बज्रदल गण नवलपरासीका सेनानी पूर्णप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.