प्रवासी नेपाली मन्च बेल्जियम , प्रेस बिज्ञप्ति

0

नेपाली जनताको अत्यन्त लोकप्रिय पार्टी ने. क. पा. एमालेको निति सिद्दान्त ,बिचारबाट प्रशिक्षित साथै माक्सबाद र जनताको बहुदलीय जनबादमा अडीग कार्यकर्ताहरु स्वदेश तथा बिदेशमा संगठित हुने र बिभिन्न मोर्चामा रहेर काम गर्ने सन्दर्भमा प्रवासी मन्च बेल्जियमले भर्खर आफ्नो पाचौ सम्मेलन ने. क. पा. एमालेकी केन्द्रिय सदस्य तथा युरोप ईन्चार्ज राम कुमारी झाक्रीको उपस्थितिमा सम्पन्न गरेको छ ।
प्रवासी नेपाली मन्च बेल्जियमको सम्मेलन ८ में का दिन आाब्ह्ान गरिएको थियो तर त्यसदिन हाम्रो धेरैजसो समय खुल्ला सत्रमानै खर्चिनु परेको कारण र बन्दसत्रलाई समेत समय बढी लाग्ने भएका कारण सबै संगठित सदस्यको सरसल्लाह र सुझाबबाट १६में का लागी मिति तय गरिएको थियो तर सन्चार माध्यममा असहमति, होहल्ला, प्रहरी हस्तक्षेप ,बिभिन्न खेमाबन्दी साथै युरोप ईन्चार्जमाथि समेत प्रश्न उठने गरी अनाबस्यक बिषय उठाईएका टिकाटिप्पणी वा गलत र भ्रामक समाचार प्रति प्रवासी नेपालीमन्च खण्डन गर्दछ र यस्ता समाचार प्रति हाम्रो संगठनको सधै ध्यानाकर्षण रहने जानकारी समेत गराउन चाहन्छौ ।

प्रवासी नेपाली मन्चका बिचको एकता हिजो पनि थियो अाज पनि छ र भोली पनि रहने छ बिभिन्न संचार माध्यममा आएका गलत र भ्रामक समाचारप्रति यस संगठनका सम्पुर्ण सदस्य र शुभ चिन्तक कुनै भ्रममा नरही निर्धक्ताका साथ संगठनमा रही कामगर्न अनुरोध गर्दै बिद्यार्थी आन्दोलन देखी शशक्त राजनितिमा रहदै पार्टीको केन्द्रिय सदस्य हुदै पार्टीले युरोपको मोर्चा संहाल्ने ज़िम्मेवारी पाएकी आदर्णिय कमरेड रामकुमारी झाक्रीलाई हाम्रो गौरवशाली पार्टी ने. क. पा. एमालेले दिएको ज़िम्मेवारी बाट शंशकित नभै देश र जनताकालागी निडर र निश्वार्थ भावले अझ अगाडी बढनु हुनेछ भन्ने बिश्वाश हाम्रो संगठनले लिएको छ ।

महासचिव अध्यक्ष
चन्द्र प्रकाश शर्मा बोधराज पौडेल

Leave A Reply

Your email address will not be published.