ओ एन यफ बेल्जियमको निर्वाचनबाट नेत्रित्व चयन

0

प्रबाशी नेपाली मञ्च बेल्जियमको यही १६ मे सोमबार सम्पन्न निर्वाचनबाट बोधराज पौडेलको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । निर्वाचनबाटै दुई उपादक्ष्यहरु क्रमश रन्जन सिमंखडा र कृष्ण दाहाल निर्वाचित भये भने महसचिबमा चन्द्र शर्मा बिजयी भएका छन । , सचिवमा रुद्रमणि लम्साल, रमेश कंडेल र महिला तर्फ हरी भट्टराई, कोषाध्यक्षमा मुना केसी निर्वाचित भएका छन। महिला, जनजाती, दलित कोटाबाट मनोनयन गर्ने गरी मंचको ३३ सदस्यीय समिति रहेको छ।

अध्यक्ष पदमा बोधराज पौडेल र सालीक्राम थपालिया बिच कडा प्रतिस्पर्धा भएको थियो जसमा पौडेलले एक मतको अन्तरले थपालियालाई जितेका हुन । सोही दिनको भेलाले यूरोप प्रत्तिनिधीको रुपमा नारायण अधीकारीलाई सर्वसम्मत गरेको हो ।

Leave A Reply

Your email address will not be published.