एमाले बेल्जियममा, होला त सहमति ?

0

नेकपा एमालेको प्रबासी संगठन प्रबासी नेपाली मन्च बेल्जियमको अधिबेशन सम्पन भएकोछ भने सो अधिबेशनले निर्बाचित गर्नुपर्ने नयाँ नेत्रित्वको चयन हुन नसके पछि बिभिन्न खाले हल्लाहरु बजारमा चल्न थालेका छन ।

गत आईतवार एमाले केन्द्रिय सदस्य एबम युरोप इन्चार्ज रामकुमारी झाक्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको अधिबेशनमा समयाभाबका कारण निर्वाचन सम्पन्न हुन नसके पछि उक्त संगठनका शुभचिन्तकहरुमा नैरास्यता छाएको छ ।

प्रकृयाको निर्क्योल नगरेर निर्वाचन कार्य सुरु गर्न थाले पछि अध्यक्ष्य पदका दुई दाबेदार बिनोद न्यौपाने र बोधराज पौडेलका समर्थकहरुले आफ्नो चुनाबी अंकगणित अनुसार नियम बनाउने र त्यो नभए हुँदैन भन्दै बिबाद गर्न थाले पछि समय लम्बिदै गै चुनाव स्थगित गर्नुपर्ने अवस्था आएको थियो ।
चुनाव सम्पन्न गर्न नसकिने देखिए पछि सरु चापागाइ र सालीक थपलिया मध्य एकजनालाई सहमतिमा अध्यक्ष चुन्ने प्रयास पनि भएको थियो ।

अधिबेशनका दिन सम्पन्न गर्नु पर्ने नेत्रित्व चयन गर्न नसक्दा संगठनको बारेमा नकारात्मक सन्देश गएको र अझ पनि चुनाबी प्रकृयामा अल्झिदा संगठनलाई फाईदा नहुने देखिएकोले उक्त संगठनका स्थापनाकाल देखिका अध्यक्षहरुले सहमतिमा नेत्रित्व चयन् गर्ने अभियान थालेका छन । पूर्व अध्यक्षहरु कृष्ण खतिवडा , तुलसी सुबेदी , ईन्द्र ओली , अर्जुन दाहाल र अर्जुन गुरुङले सबैलाई स्वीकार्य हुने ब्यक्तीलाई अध्यक्षाका लागि प्रस्ताब गर्ने तयारी गरेको बुझिन आएको छ । विश्वस्त श्रोत अनुसार सालीक थपलियाको नाममा सबैको सहमति हुने पक्का पक्की भएको चारदिशा सँगको कुराकानीमा सबै पूर्वअध्यक्षहरुले स्वीकार गरेका छन ।

Leave A Reply

Your email address will not be published.