एमाले बेल्जियमको कार्यक्रममा प्रहरी हस्तक्षेप

0

बेलिज्यम । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) बेल्जियमको अधिबेशनमा प्रहरी हस्तक्षेप भएको छ । ओएनएफ बेल्जियम सम्बद्ध एक पदाधिकारीका अनुसार आइतबार सम्पन्न उद्घाटन सत्र लगत्तै नेतृत्व चयनका लागि दुई पक्षबीच घम्साघम्सी भएपछि बिहान ४ बजे तिर हलमा प्रहरी प्रबेश गरेको हो । १२ बजे सकिनु पर्ने कार्यक्रम बिहान ३ बजे चले पछी हल छेउका बसिन्दाले कम्प्लेन गरे पछी कार्यक्रम बन्द गर्न प्रहरिले निर्देश गरेको थियो , नेतृत्व चयनका लागि ओएनएफ बेलायतका अध्यक्ष रामशरण सिंखडा, पोर्तुगलका प्रतिनिधि गोविन्द पौडेल, अर्जुन श्रेष्ठ र इटालीका प्रतिनिधी सम्मिलित अध्यक्ष मण्डल बनाइएको थियो । निर्वाचन गराउने र सहमतिमै नेतृत्व चयन गर्नेबीच विवाद भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.