गरिमाको विवाहमा बिद्यालयलाई सहयोग

0

चारदिशा सम्बाददाता
नेपाली रजतपटकी चर्चित नायिका गरिमा पन्तले औपचारिकरुपमा विवाह गरेकीछिन् । बेल्जियमका ब्यबसायी हरी शर्मा थपालियासँगको प्रेममा रहेकी नायिका पन्त केही दिन अघि देखि बेल्जियम बस्दै आएकी थिइन । बिहीवार बेल्जियमको कानुन अनुसार स्थानीय नगरपालिकामा विवाह गरेका
पन्तको जोडी अब बैधानिक पतीपत्नी भएका छन ।

आफ्नो विवाहमा नायिका पन्तले आफुले अध्ययन गरेका दुईवटा बिद्यालयका गरीब जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्न आफ्ना मातापिता माया पन्त र ईन्द्र बहादुर पन्तका नाममा सात लाख पचास हजार रुपयाको अक्ष्ययकोषको घोषणा पनि गरेकी छिन ।

झोला, ठुली जस्ता चर्चित चलचित्रमा आफ्नो अभिनयबाट नेपाली दर्शकहरुको मनमा स्थान बनाएकी नायिका पन्तले अभिनय यात्रााको निरन्तरता हुने नहुने बारेमा निस्चित नभए पनि कुनै न कुनै रुपमा कला क्षेत्रमा सक्रिय रहने चाहना रहेको बताउने गरेकी छिन् ।

फोटो- पन्तको फेसबूकबाट

Leave A Reply

Your email address will not be published.