बेल्जियममा मह जात्रा आयोजना हुने

0

बेल्जियम । बेल्जियममा हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रस्तुती हुने भएको छ । युरोप यात्रामा रहेका मह जोडीले बेल्जियममा मह-जात्रा कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् । आगामी जुन महिनाको पाच तारिक आइतबार बेल्जियमको आन्त्रोपेन शहरमा एल्क्रिलिक थियाटर हलमा कार्यक्रमको आयोजना हुनेछ ।
नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षति एवं पीडितहरु तथा पुनर्निर्माण सहयोगका लागी बिशेष गरि च्यारीटी कार्यक्रम आयोजना गर्न लागीएको गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले जनाएका छन् । यसरी आयोजना गर्न लागिएको भब्य कार्यक्रममा दर्शकहरुको सुबिधाको लागि बेल्जियमको लुभेन र ब्रुगे शहर बाट बसको ब्यवस्था समेत गरिएको छ । साथै बसबाट आउन जान चाहने दर्शक महानुभावहरुले एनआरएन ए बेल्जियमको लुभेन तथा बुग्रे क्षेत्रका आफ्ना सदस्यहरुसग  समयमै सम्पर्क गरि बसको सिट सुरक्षित गर्न अनुरोध गरेको छ । आयोजकले जनाएअनुसार मह-जात्रा टिकट दर पच्चिस र पचास यूरो निर्धारण गरिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.