बेल्जियममा कास्केली भेला सम्पन्न

0

चारदिशा, सम्बाददाता,
कास्की जिल्लाबाट बिभिन्न कार्यको सिलसिलामा बेल्जियमम आएर बसोबास गरिरहेका नेपालीहरुको भेलाले ‘कास्की आदर्श समाज’ बेल्जियम गठन गर्ने निर्णय गरेको छ । भेलाको सभापतित्व जेष्ठ नागरिक हरी खनालले गर्नु भएको थियो ।

कास्की जिल्लाको समग्र बिकासमा योगदान पुर्याउने र एकअर्कालाई सहयोग गर्ने उद्देस्यले गठन गर्न लागिएको भेलामा ब्रिहत छलफल हुँदा ३ महिना भित्र बिभिन्न क्षेत्रमा भेला गर्ने र बिधान निर्माण गरी ६ महिना भित्र साधारण सभा गर्ने गरी पूर्ण तिमील्सिनाको सयोजकत्वमा एक समिती गठन गरेको छ ।

समाजका आगामी भेला र छलफल आयोजना गर्नको लागि गठन गरिएको समितीका सदस्यहरुमा लुभेनबाट यसोधा थापा, होम गुरुङ, रामप्रसाद ढुंगाना, बिनोदमोहन पौडेल, जनक सुबेदी र बिष्णु तिवारी, आन्त्रोपेनबाट रमाकान्त(राज)अधिकारी र मदन गुरुङ, गेन्टबाट हरी भट्टराई, कृष्ण पराजुली र सन्तोष नेपाली, ब्रुजबाट मिन गुरुङ र जिबन शर्मा, ब्रसेल्सबाट पुष्प भण्डारी, वोस्टेन्डेबाट मीना गुरुङ र सिध्धी पहारी एबम सेन्त्रादुन क्षेत्रबाट मिन गुरुङ रहेका छन ।
आवश्यकता अनुसार अन्य सदस्य पनि थप गर्ने गरी भेलाको समापन गरियो । भेलामा उपस्थित सम्पूर्ण महानुभाबहरुको सुझाब अनुसार सस्थालाई स्वच्छ र उच्च राख्न भात्रित्वको बिकासमा जोड दिनु पर्ने सबैको राय रहेको थियो ।

सो भेलाको सफलताको लागि कास्की आदर्श समाज कतार्, पोर्तुगल र स्पेन बाट शुभकामना सन्देश्हरु पठाएको थियो ।

Leave A Reply

Your email address will not be published.