बुद्ध दर्शन नेपालबाटै सुरु भएको प्रमाणित गर्न बौद्ध सम्मेलन

0

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरलले बुद्ध दर्शनको सुरुवात नेपालमा भएको भन्ने सत्यलाई विश्वसामु प्रमाणित गर्र्ने उद्देश्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागेको बताउनुभएको छ । बौद्ध सङ्संस्थाबीच २५६०औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय गोष्ठीको पूर्वतयारीका सम्बन्धमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बुद्ध दर्शनको भूमि नेपाल भएर पनि सही रुपमा बुद्धप्रतिको न्यायका लागि सम्मेलनको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।
“बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने संसारलाई थाहा छ, जन्मभूमिमात्र नभएर बुद्ध दर्शनको मूलभूमि नेपाल नै भएको भन्ने स्थापित गर्न बाँकी छ, त्यो सम्मेलनले पूरा गर्नेछ”– मन्त्री पोखरेलले भन्नुभयो ।
मन्त्री पोखरेलले नेपालमा बुद्ध दर्शनको सुरुवात भए पनि यो दर्शनले सिङ्गो मानवजातिको नेतृत्व गरेको उल्लेख गर्दै नेपालले बुद्ध भूमिप्रति उत्तरदायित्व लिन सम्पूर्ण बुद्धका अनुयायी एक हुन आग्रह गर्नुभयो । आगामी जेठ ६,७ र ८ गते २५६०औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती मनाउने तय भएको छ । कार्यक्रममा सहभागी बौद्ध धर्मका विभिन्न संङ्घसंस्थाका प्रतिनिधिले बुद्ध भूमिप्रतिको न्यायका लागि अन्तर्राष्ट्रिय बुद्धजयन्ती मनाउने सरकारको महत्वपूर्ण कदम भएको विचार राख्नुभएको थियो

Leave A Reply

Your email address will not be published.