कती हाँस्नु !!!

0

चारदिशा सम्वाददाता ।

ड्यास माओवादीको सात महिने संघर्षको कार्ययोजनाबाट केही हुँदैन माघ ८ गतेअघि नै परिणाम निकाल्ने संघर्ष गर्नुपर्छ भनेर वाहिरिएको विप्लव पक्षले ललितपुरको ग्वार्कोमा हिमाल ग्याँस माघ ५ गते कब्जा गरेको विषयलाई निकै ठूलो मुद्धा बनाएको छ । माघ ८ गतेअघि यही गर्नका लागि नै पार्टी फुटाएको झैं गरी पुस्टि गर्न खोजिरहेको छ ।

‘एउटै पार्टीमा बसेर पनि यति गर्न सकिने र जनतालाई जोडेर अनुगमनका लागि आफ्नै संगठनले नै पहल लिइरहेको’ नेपाल राष्टिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलले जनाए ।
ग्वार्काेमा सयौं ग्यास कब्जामा लिएर बाँडिएको चर्चा गरेकोमा एमाओवादी निकट मजदुर नेता शालिकराम जमरकट्टेलले व्यंग्यात्मक हाँसो हास्दै भने- ‘३५ वटा जति ग्याँस, त्यही पनि धेरै रित्ता सिलिण्डर आफ्नै कार्यकर्ताहरुले लिएर गएको व्यवसायीले भनिरहेका छन, विप्लवजीहरु सयौं र जनतालाई बाँडेको भनिरहनु यो भन्दा ठूलो व्यंग्य के हुन्छ ?’
‘सडकमा मोर्चा बनाएर माओवादीले पहल लिइरहेको बेलामा विप्लजीहरु किनारामा बसेर यस्ता सहायक काममा अल्झिनुले उहाँका क्रान्तिका कुरा पनि ग्याँस कब्जा जस्तै व्यंग्य हुने’ शालिकको मत रहेको छ ।

Leave A Reply

Your email address will not be published.